गोबरमल तथा अन्य जैविक पदार्थ जस्तै कि पातपतिङ्गर, तरकारी काट्दा खेरि बाकी रहेको बोक्राहरु आदि कुहाएर ,त्येसलाई गड्यौलालाई खुवाएपछि बन्ने मललाई गड्यौली मल भनिन्छ । येसले बोटबिरुवालाई सिधै मद्धत नगरी सुरुमा माटोलाई राम्रो बनाएर बोटबिरुवालाई स्वास्थ्य बनाउने गर्छ । त्यसैले येसलाई माटोको कनडीसनर (conditioner )को रुपमा पनि हेरिन्छ । येसलाई खेतको लागी अत्यनत लभदायी मानिन्छ । यसले माटोको कुनै पनि गुणलाई केहि नोक्सान नगरी माटोलाई पछि सम्म स्वास्थ्य बनाउने भएकोले येसलाई माटोको प्राण पनि भन्ने गरिन्छ ।
विशषेगरी दुई जातका गड़्यौलाहरु पाउने गरिन्छ । एउटा खेतबारीमा पाउने गड़्यौला र अर्को मल बनाउन प्रयोग गरिने गड़्यौला। खेतबारीमा पाउने गड़्यौलाले जम्मा १०% जैविक पदार्थ खाई ९०% माटो खान्छ भने येसको ठिक विपरितमा मल बनाउन प्रयोग गरिने गड़्यौलाले ९०% जैविक पदार्थ खाई जम्मा १०% मात्रै माटो खाने गर्छ । Eisenia fetida र Lumbricus rubellus यी दुई गड़्यौला विशषे गरेर मल बनाउन प्रयोग गरिन्छ । Eisenia fetida ले एक दिनमा ८ ग्राम खान्छ भने ६ ग्राम मल बनाउछ । नेपालको धेरै जस्तो ठाउमा येही गड़्यौलाको प्रयोग गरेर मल बनाउने गरिन्छ । हामीले बजारमा गड़्यौलि मल प्रती किलो रु १८ देखी २५ सम्म पाउने गर्छौ भने १ किलो गड़्यौलाको मूल्य रु ३००० सम्म पर्ने गर्छ ।
नेपाल एक कृषि प्रधान देश हो। प्राय जस्तो प्रत्यक नेपालीको घरमा गाई,भैसी या बाख्राहरु पाल्ने गर्छन । यसको साथसाथै नेपालमा प्रशस्त मात्रामा झारपातहरु पाउने गरिन्छ । आफ्नै वरिपरि भएको झारपात र गोबरमल प्रयोग गरेर हामीले गड़्यौली मल बनाउन सक्छौ । यो मल बनाउन त्येस्तो धेरै गाह्रो नभएकोले गर्दा सहि जानकारी र चेतना भएको खण्डमा कृषकले सजिलै संग घरमै बनाउन सक्छन । येसले माटोमा पाईने हानिकारक किराहरुको संख्या कम गर्नुको साथै बालीलाई विभिन्न रोगको प्रकोपबाट पनि बचाउन मद्धत गर्छ । यो मल ९०-१२० दिन सम्ममा तयार हुन्छ र येसलाई हामीले सजिलै आफ्नो खेतबारीमा प्रयोग गर्न सक्छौ।
गड़्यौली मल बनाउने तरिका
गड्यौली मल निकाल्ने विधि
मल निकाल्नु भन्दा केही अगाडि दिनबाटै हामीले त्यसलाई पानी हाल्न बन्द गर्नुपर्छ। पानी हाल्न छोडेपछिगड्यौलाहरु सबै चिस्यानको खोजीमा तलतिर जने गर्छन र हामीले सजिलो तरिकाले माथिको सतहबाट मल निकाल्न सक्छौ।
त्यसैगरी हामीले अर्को तरिकाबाट पनि मल निकाल्न सक्छौ।त्यसको लागि हामीले मलको एक भागमा पानी हाल्न छोड्नु पर्छ। पानी हाल्न छोडेपछि त्यहाँ उपस्थित भएको गड्यौलाहरु चिस्यानको खोजीमा चिस्यान भएको ठाउँ तिर जान्छन् र हामिले सजियले सँग मल निकाल्न सक्छौ।
त्यहाँ रहेको गड्यौलाहरुले मल बनाउँदा खेरी आफ्नो जीवन चक्र पूरा गरी आफ्नो संख्या पनि दुई गुणामा वृद्धि हुन्छन्। हामीले त्यही गड्यौलाहरुलाई प्रयोग गरी पुन मल बनाउन सक्छौ। दुबै तरिकाबाट निकालेको मललाई हामीले छान्ने गर्छौ र छानेर निस्केको मलाई हामिले आफ्नो खेत बारीमा प्रयोग गर्न सक्छौ या यसलाई बेच्न पनि सक्छौ।
यसले रासायनिक मल जत्तिको नै फाइदा दिने र यसको प्रयोगले माटोलाई केही पनि नोक्सान नगरी माटोको उर्वराशक्ति बढाउने भएकोले आजभोलि कृषक हरुको माझ अत्यन्तै लोकप्रिय बन्दै आएको छ र यसको बजार पनि राम्रो छ।