Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

खिर खानु भयो त आज साउन १५मा,छैन भने खानुहोला यस्ता छन् फाइदाहरु

krishireview
२०७७ साउन १५ , बिहीबार ०३:०७ मा प्रकाशित | १४९७ पटक पढिएको

मोरङ- असार १५ मा दहीच्युरा खाएको एक महिनापछि साउन १५ मा सबैलाई खिर खाने चटारोले छुन्छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ । 

कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ । बुधबार मुलुकभर खिर भोजन गरेर साउन १५ मनाइँदै छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महìव पनि रहेको हुन्छ । 

आयुर्वेद चिकित्सक डा. अमितमान जोशी भन्छन्, “वर्षात्को समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ । ’’ उनका अनुसार चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खिर बनाउने हाम्रो चलन छ । उनले थपे, “चामलमा कार्बाेहाइड्रेट पाइन्छ । खिरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर हो । ”

लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खिरको सेवन राम्रो मानिन्छ । साउन महिनाभर खिर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ । नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खिर खाने परम्परा विकास भएको संस्कृतिविद् डा. सत्यमोहन जोशीले जानकारी दिए ।

हाम्रा रितिथिति, चालचलन र संस्कृति प्राकृतिक तथा सतत छन् ।
त्यसैले साउन १५ मा खिर खाने चलन रही आएको छ । वर्षायाम भरी खेतिपाती गर्दा शरीरमा लाग्ने चिसो साउनमा खिर खाएर शरीरलाई बलियो बनाउनका लागि चलन बसालिएको हुनु पर्छ भन्ने नेपालीहरुको बिश्वास रहि आएको छ । त्यसै पनि खिरको प्रकृति उष्ण हुन्छ, त्यसमाथि खिरमा राखिने मरिच, दालचिनी, ल्वाङ्ग, तेजपत्ता, सुकमेल, नरिवल, छाेकडा, काजू, किसमिस, अलैची लगायतका मसलाले शरीरलाई न्यायोपना प्रदान गर्छ र चिसो फ्याक्छ ।

साउन १५ मा मिठो खिर खाउँ र खुवाऔं सवैमा शुभकामना ।

(विभिन्न पत्रपत्रिकामार्फत साभार अनि परिमार्जित गरिएको लेख)

प्रतिक्रिया

खिर दिवस
यो पनि हेर्नुहोस् : खिर खाएर साउन १५ मनाइँदै

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?