Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

कौसी खेती

krishireview
२०७७ असार १८ , बिहीबार ०५:०७ मा प्रकाशित | २१४६ पटक पढिएको

  पूजन अधिकारी

 प्राकृतिक स्रोत व्यबास्थापन कलेज,  बर्दिबास

हेटाैडा– आफ्नो घरको कौसी, बरण्डा, छत आदी स्थानमा आफूलाई आवश्यक पर्ने अथवा दैनिक उपभोग गर्ने वालीहरु जस्तैः तरकारी, फलफुल, मसलावाली आदिको खेति गर्ने प्रविधिलाई कौसी खेती भनिन्छ। विशेषगरी शहरी क्षेत्र जहाँ खेती गर्ने जग्गा नहुँदा कौसी खेती उपयुक्त विकल्प हुन सक्छ। शहरमा उपलब्ध हुने खाद्यान्नको गुणस्तर , मूल्य र स्वादले शहरी जनसंख्यालाई कौसिखेती तिर आकर्षण गरेको पाइन्छ। बिस्तारै कौसी खेती शहरको हकमा आवश्यकनै बन्दै गएको देख्न सकिन्छ।  मानिसको शरीरको बृद्दि बिकाश एवं शरीर सुचारु तथा तन्दरुस्त राख्न दैनिक सन्तुलित आहारको आवश्यकता पर्दछ। शहरमा बस्ने मानिसहरुलाई पनि उक्त दैनिक सन्तुलित आहारको आवश्यकता पर्दछ र कौसिखेती उपयुक्त विकल्पको रुपमा अगाडी बढ्दै गएको देखिन्छ।

 कृषी प्रधान मानिने हाम्रो देशको गार्हस्थमा २७.१% योगदान कृषी क्षेत्रको रहेको छ। अहिलेको यस कोभिड-१९ को महामारीले कृषी क्षेत्रमा पारेको प्रभाबलाई न्युनिकरण गर्न कौषी खेतीले ठूलो भूमिका खेल्न सक्छ। कौषी खेतीले गर्दा मानिसहरु आत्मनिर्भर बनि आफूले खाने तरकारीबालीहरु आफैले खेति गर्न योग्य हुन्छन्।

unnamed.jpg

कौसी खेतीको महत्व

नेपाल कृषि प्रधान देश भएतापनि विभिन्न कृषिजन्य कुराहरुको आयतदर बढ्दै गएको देखिन्छ। विभिन्न कृषिजन्य कुराहरु मध्य तरकारी पनि एउटा बढी आयात गरिएको बस्तु हो। ताजा बिषादी रहित तरकारीको आयात दर बर्षेनी बढ्दै गएको देखिन्छ।  भन्सार विभागका अनुसार नेपालमा तरकारी मात्र २५ अरबको आयात भएको पाइन्छ। काठमाडौँ स्थित कालीमाटी फलफुल तथा तरकारी बजारको तथ्यांक अनुसार उक्त बजारमा उपलब्ध हुने कुल फलफुल तथा तरकारी मध्य ४४.७३ प्रतिशत भारतबाट र ०.५२ प्रतिशत  चीनबाट आयात हुने गर्दछ। एस्तो आयातलाई कम गर्नको लागी कौसी खेती उपयुक्त विकल्प हुन सक्छ।  शहरमा बस्ने मानिसहरुको लागी उपयुक्त विकल्पको रुपमा अगाडी बढिरहेको यस कौसी खेतीले गर्दा केहि हद सम्म तरकारीको आयात रोक्नमा टेवा पुर्याउन सक्छ।

  आफ्नो घरको कौसी , बरण्डा, छत  आदी स्थलमा आफुले उपभोग गर्ने बालीहरुको खेती गर्नुनै कौसी  खेती रहेको सबैलाई अबगत नै छ।  कौसी खेतीको मद्धतबाट स्वइच्छा बमोजिमको फलफुल, तरकारी आदी बलीको वर्षभरी उपभोग गर्न सकिन्छ।  बिषादीरहित तरकारी बालीहरुको सेवनले स्वास्थ्यमा पनि लाभ गर्दछ। आफ्नो घरको उपयोगमा नआएको छत, बरण्डा तथा कौसीको सदुपयोग पनि हुन्छ। शहरी क्षेत्रमा हरियाली ल्याउन कौसी खेतीले ठुलो भूमिका खेल्छ।  कौसिखेतिको मद्दतले फोहोरमैलाको उच्च व्यवस्थापनमा सजिलो भएको पनि पाईन्छ। मानिसलाई दैनिक आहारमा चाहिने प्रोटिन, पानी तथा रेशाहरुको खाँचो कौसी खेतिद्वारा पूर्ति हुन सक्दछ। बढ्दो शहरीकरणक कारण अधिकांश खेतीयोग्य जमिन कंक्रिट जंगलको रुपमा परिणत भैसकेको हुँदा जैविक फोहोरको व्यवस्थापन अर्थात मल बनाउने र प्रयोग गर्ने स्थान अभाव भएको र त्यसको  बिकल्पमा कौसी खेती गर्दा जैविक फोहोरबाट मल बनौन सकिने , बिषादीरहित तरकारी तथा बालीहरुको सेवन गर्न पाउने , हरियाली बृद्दि हुने कुरानै कौसी खेतीको सकारात्मक पक्ष हो। 

rooftop-garden-cities.jpg

कौसी खेतीमा ध्यान दिनुपर्ने कुराहरु :

कौसी खेतीमा लगुना छनौट गरिएको वालीको जरा कम फैलने, कम गहिराईमा नै सिमित रहने र बोट पनि धेरै नाझान्गीने खालको हुनुपर्दछ। लहरे तरकारीहरूको लागी थान्क्राको राम्रो व्यवस्था हुनुपर्दछ।  खेती गरिने ठाउं जस्तै : कौसी, छत तथा बरण्डाले कति तौल थाम्न सक्छ सो कुराको विचार गरेर कौसी खेती अगाडी बढाउनु पर्दछ।  आकासे पानीबाट बचाउनको लागी खोल्न र बन्द गर्न मिल्ने प्लास्टिकको छादन बनाउनु राम्रो हुन्छ। कौसी खेतीका लागि प्रसस्त घाम लाग्ने र सजिलै पानी दिन सकिने स्थान छनोट गर्नुपर्छ। घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुला छतमा माटो वा अन्य बिरूवा हुर्काउन सकिने कच्चा पदार्थ जस्तैः कोकोपिट, माटो वा प्राङ्गरिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ। पक्की घरमा घरअनुसार निकालिएका कौसीहरूमा उपयुक्त आकारको भाँडा गमला, फ्रेम, जार, माछाको क्यारेट, आधुनिक ब्यागमा तरकारी फलाउन सकिन्छ।

तसर्थ परिवारको स्वास्थ्य, दैनिक खर्चमा कमी, वातावरण स्वच्छ तथा हरियाली, तरकारीको आयातमा कमी जसले देशको पुंजी बिदेशमा नजाने आदी जस्ता सकारात्मक पक्ष्यहरु भएको हुँदा शहर तथा बजारोन्मुख ठाउँमा बसोबास गर्ने सबैजना कौसी खेती तर्फ आकर्षित भई आत्मनिर्भर हुनु आजको आवश्यकता हो।

प्रतिक्रिया


Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?