Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

कौसी खेती

krishireview
२०७७ कात्तिक १६ , आईतबार ०१:११ मा प्रकाशित | १५३० पटक पढिएको

दीपिका न्याैपाने प्राकृतिक स्रोत ब्यवस्थापन कलेज, बर्दिबास

सहरीकरण बढ्दै गहिरएको अहिलेको समयमा कौसी खेतीको महत्त्व
विशेष छ। दिनदिनै बढ्ने तरकारीको मुुुल्य साथै धेरै रसायन प्रयोग
भएको तरकारी सेवन गर्नुपर्ने अवस्थाले शहरमा बस्ने मानिसहरुको स्वास्थमा दिनहुँ असर पर्छ।अब आफ्नो घरमा प्रस्सत जमिन छैन
तरकारी लगाउन भनेर पिर मान्नु पर्दैन । कौसी खेती अब बैकल्पिकको रुपमा शहरबजारमा मौलदै गएको छ ।बड्दो
शहरीकरणको कारणले हाम्रो खेतीयोग्य जमिन गुमाएका छौँ भने
साथैमा प्रत्तयक मिनेट जनसंख्या बडिरहेको छ जसको लागि अब
प्रस्सत खाना छैन ।

कौसी खेती किन??
बड्दो शहरीकरणले गर्दा खाद्यन अभावबाट बच्नकोलागी शहरी
क्षेत्रमा कौसी खेती अत्यन्त उपयुक्त साबित भएको छ। कौसी खेती
भनेको घरको कौसी वा छतमा विभिन्न तरकारी तथा फलफूलको खेती गर्नु हो जसका लागि प्रस्सत खेतीयोग्य जमिन चाहिदैन। कौसी
खेतीबाट हामीले बर्ष भरिनै स्वादिष्ट तथा पौष्टिक तरकारी सेवन
गर्न सक्छौं । यसले हाम्रो खर्चलाई घटाउन ठूलो सहयोग गर्नसा साथै स्वास्थ र पैसाको पनि बचत गर्छ। आफ्नो कौसीमा हामीले विभिन्न प्रकारका तरकारी तथा फलफूल लगाउन सक्छौं जस्तैः पालक, काक्रो,काउली, बन्दा, कागाती, टमाटर, अदुवा, लसुन, प्याज,अम्बा, खुर्सानी, आदिहरु लगाएर खाली रहेको कौसीको प्रयोग गर्न सकिन्छ।

कौसी खेती गर्ने तरिका ??
कौसी खेती गर्ने विभिन्न तरिका:
1) अएरोपोनिक खेती
(Aeroponic agriculture )
यो प्राविधिमा चाहिँ खेती हावामा बिना माटोको गरिन्छ।
2) ह्य्द्रोपोनिक खेती (Hydroponic agriculture)
यो प्राविधिमा खेतीको लागि nutrient solution प्रयोग गरिन्छ।
यसमा पनि माटो प्रयोग हुदैन।
3) परम्परागत खेती
यो हाम्रो परम्परागत खेती हो जुन माटोमा गरिन्छ। यो प्राविधि चाहिँ माटोमा राख्नको लागि drum, plastic jars, bottles, fish crates, आदि प्रयोग गरिम्छ।

कौसी खेतीको चुनौती??
1) जब कौसीमा धेरै माटो पानीको प्रयोग गरिन्छ। त्यसले कौसीको
धान्ने क्षमतामा असर पार्छ। यस कारणले कौसी खेती गर्दा हामीले समान ठिक मात्रामा प्रयोग गर्नु पर्छ।
2) बिरुवालाई चाहिने nutrient, pHको बालेनसा, राम्रो सिंचाइको व्यवस्था तथा ठिक मात्रामा हावाको संचालनमा ध्यान दिनुपर्छ।
3) माथि कौसीमा घाम सिदै र चर्को पर्ने कारणले बिरुवा नास हुन
सक्छन्। त्यसको लागि हामीले green house roofsको प्रयोग
गर्न सकिन्छ। जसले insulation layer, चिसो हावा कायम रख्नुको सथै सुर्यबाट आउने किरणबाट र शितलता प्रदान गर्छ बिरुवालाई।

कौसी खेतीले ताजा तरकारी फलफूल दिनुको सथै शहरको हरियाली पनि बडाएको छ। विभिन्न अध्यनले पुष्टि गरेको छ मान्छेको मनोबैज्ञानिक स्वास्थलाई पनि हरियालीले राम्रो पार्छ। कौसी खेतीले शहर्कलाई हराबरा बनाएको साथै प्रतेक दिन भान्साबाट निस्कने फोहोरहरु राम्रो व्यवस्थापन, हावाको गुणष्तर बडाएको छ र सधै कौसी गर्नाले स्वादिष्टको सथै पौष्टिक तरकारी तथा फलफूल खान पाएका छन। (लेेेखक प्राकृतिक स्रोत ब्यवस्थापन कलेज, बर्दिबासमा अध्ययनरत हुनुहुन्छ।)

प्रतिक्रिया

कौसी खेती
यो पनि हेर्नुहोस् : कौशी खेतीको आकर्षण र तरिका;

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?