Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

कौशी खेतीको आकर्षण र तरिका;

krishireview
२०७७ साउन ७ , बुधबार ०८:०७ मा प्रकाशित | २०४२ पटक पढिएको

श्रीषा श्रेष्ठ

प्राकृतिक स्रोत व्याबस्थापन कलेज ,सिन्धुलि

चितवन- विकास निर्माण,बजारीकरण र बजारमा आकासिदै गैरहेको तरकारीको भाउको कारण आजभोलिको समयमा घरकै कौसीमा खेति यानी कौशी खेतिको आकर्षण बढ्दो छ | हाम्रो देश नेपाल एक कृषि प्रधान देश हो भन्दै गर्दा कुल जनसंख्या मध्य ६६% जनता कृषिमै निर्भर भएता पनी हामीले दैनिक प्रयोग गर्ने तरकारीहरु अझै पनि धेरै मात्रामा बाहिरबाट आयात गरिन्छ | आफु र आफ्नो परिवारलाई पुग्ने गरि तरकारीहरू आफैले आफ्नै कौशीमा उत्पादन गर्न सक्ने हो भने बिस्तारै बिस्तारै हामी यो क्षेत्रमा हर घर हर परिवार आत्मनिर्भर हुन सक्छौ |


आकर्षण;
कौशी खेति गर्दा घर एकदमै राम्रो देखिन्छ | यसले घरको शोभा बढाउने र घरलाई निकै नै आकर्षित बनाउने हुँदा मानिसहरु कौशी खेतितर्फ आकर्षित हुदै आएका छन् | यसको आकर्षण अहिले मानिसमा आएको स्वास्थ्य चेतना पनि हो , बाहिरको फलफूल तरकारी आदिमा मिसिएका रासायनिक मल र अन्य हर्मोनहरुले तरकारीहरुलाई राम्रो देखाउने , छिटो ठुलो हुन मद्धत पुराउने काम गरेतापनि मानिसको स्वास्थ्यमा भने नराम्रो असर गर्दछ | आफैले लगाउने तरकारी भएकाले रासायनिक मलको प्रयोग नगरिने र स्वास्थ्य, ताजा र अर्गानिक तरकारीहरू हामी आफैले उत्पादन र सेवन गर्न सक्छौ | रासायनिक मलको सट्टामा घरकै भान्साबाट निस्केका फोहोरलाई कुनै भाडा अथवा खाल्टोमा कुहिएर मल बनाउन सक्छौ | यसो गर्दा भान्साको फोहोर पनि व्यवस्थित हुन्छ र हाम्रो बोटबिरुवाहरुलाई पनि राम्रो मल तयार पार्न सकिन्छ | यसरी बनाइएको मललाई हामी जैविक मल भन्ने गर्छौ | जैविक मलले बिरुवालाई चाहिने पोषण तत्वको साथै माटोको उर्वर शक्ति बढाउने , माटोको पानी होल्ड गर्ने क्षमता बढाउने र माटोमा ब्याक्टेरिया र फंगसको क्रियाकलाप बढाउन समेत मद्दत गर्दछ | नयाँ कुरा सिक्ने र वातावरणलाई समेत जोगाउने यो प्रविधीले नयाँ पुस्ताको ध्यान आकर्षण गर्न सफल भएको देखिन्छ |


तरिका;
कौशी खेती परम्परागत तरिकाले घरको छतमा गमलामा तरकारी रोपेर गरिने खेती हो। परम्परागत शैलिमा नयाँ प्रबिधि मिसाएर थुप्रै ढंगले कौसी खेतीको सुरुवात गर्न सकिन्छ | सुरुवाती अवस्थामा कौसीमा राखिने गमलाहरुको स्थानलाई ध्यान दिनु पर्दछ | गमलाहरु घरको छतमा जथाभाभी राक्ने हो भने यसको तौलले गर्दा घरलाई भार पर्न जान्छ , त्यसैले छतमा गमला वा स्ट्यान्डलाई राख्दा घरको बिममा पर्ने गरी राख्नु पर्दछ | यसो गर्दा छतमा राखिएको गमलाहरुले घरलाई तेती भार दिदैन | गमलाको रुपमा घरमै भएका प्लास्टिकका झोला , बोराहरू , बाल्टिन , फ्लेक्स र माटोको गमलाहरुको प्रयोग गर्न सकिन्छ | प्लास्टिक ब्यागहरु प्रयोग गरिन्छ भने त्यसमा एरिएसनको (बायु प्रवाह) लागि प्वाल पार्न जरुरी हुन्छ । माटो , बालुवा र मललाई १:१:१ को दरले मिसाएर अथवा कोकोपिट र मलखादको सम्मिश्रण बनाएर बिरुवालाई गमलामा लगाउन सकिन्छ | एक पटक प्रयोग गरेको कोकोपिटलाई भने तीन चार पटकसम्म प्रयोग गर्न सकिन्छ | कोकोपिटमा अरू मलखाद थपेर हामीले यसलाई तीन चार पटकसम्म प्रयोग गर्न सकिन्छ। यसो गर्दा झार धेरै उम्रिदैन र थोरै पानीमा पनि चिस्यान कायम गर्न सकिन्छ ।

कौशी खेतिका लागि हरियो सागपात, मौसम अनुसार तरकारी र फलफूल , भान्सामा सधै चाहिने धनिया, खुर्सानी जस्ता बिरुवा लगाउदा उपयुक्त हुन्छ | बिरुवा रोपिसकेपछि त्यसको दैनिक हेरचाहामा ध्यान पुर्याउनु पर्छ | दिनहुँ रुपमा पानी हाल्ने, पानीको सट्टामा हामीले बिरुवाहरुमा चौलानी पानी पनि हाल्न सक्छौ । यसले गर्दा चामलको पानीमा भएको इस्टार्च (starch ) बिरुवाले पाउछ । ६-७ दिनको अन्तरालमा झारहरुलाई फाल्ने, जैविक मल वा झोल मलको प्रयोग गर्ने गरेमा कुनै रोग र किरा लाग्नमा पनि कमि हुन्छ |झोलमलको लागि हामीले घर छेउछाउमा पाइने तितो , पिरो , टर्रो , अमिलो प्रजातिको बनस्पतिको प्रयोग गर्न सक्छौ |
यसरी कौसी खेति गरेर हर घर आत्मनिर्भर हुनेहो भने तरकारी आयातमा कमि हुनुको साथसथौ घरमा सबै मिलि काम गर्दा मिलनसार वातावरणको पनि निर्माण हुन्छ | स्वास्थ्य र विषादीरहित अर्गानिक तरकारी आफ्नै घरमा फलाउन सके तरकारीको परनिर्भरता कम हुन्छ र हामी पनि एक स्वास्थ्य जीवनतर्फ अगाडी बढ्न सक्छौ । यसले घरको सौन्दर्य पनि बढाउँछ र आर्थिक घाटा पनि कम गर्न सहयोग गर्छ ।

`तरकारीमा आत्मनिर्भरता,
कौसी खेति आजको आवश्यकता!´

(यो लेख आफैले घरैमा गरेको अनुभव र सिकाइ,विभिन्न खोज पत्रकापत्रीकालाई आधारित मानेर श्रीषा श्रेष्ठ प्राकृतिक स्रोत ब्याबस्थापन कलेज सिन्धुलीको चौथो सेमिस्टरमा अध्यायनरत बिध्यार्थीले तयार पार्नु भएको हो । )

प्रतिक्रिया

कौसी खेती
यो पनि हेर्नुहोस् : कौसी खेती

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?