कोकोपिट बिरुवा उत्पादन गर्न, बिउ उमार्न र हुर्काउन प्रयोग गरिने भरपर्दाे र सहज ग्रोइङ मिडिया हो ।
कोकोपिट जुन नरिवलको जटाबाट बनेको एक किसिम को धुलो जसलाई विभिन्न आकारमा बनाई बजारमा माटोको सट्टा प्रयोग गरिने प्राकृत बस्तु हो |कोकोपिट नरिवलको बाहिरी आबरणमा हुने भुत्लाहरुबाट बनाईन्छ, जसमा पानी शोसन गर्ने क्षमता अत्यधिक हुन्छ ( करिब ९ गुणा आफ्नु तौलको ) |कोकोपिट प्रयोग गरि गरिने खेति लाई soil less farming पनि भनिन्छ ।आजभोलि कौशी खेती /गमलामा खेती गर्दा कोकोपिट प्रयोग गर्ने चलन बढ्दो छ ।
यसमा प्रशस्त मात्रामा बिरुवालाई आबश्यक खाद्धतत्व हुनका साथै पानी सन्चय गरेर राख्ने क्षमता बढी हुन्छ र पुन प्रयोग पनि गर्न सकिन्छ।। जसको प्रयोगले बिरुवाको जराको वृद्धिबिकाश राम्रो हुने र ढुसी जन्य रोगको सक्रमण समेत कम हुने गर्दछ।झारको वृद्धि पनि कम गरि गोडमेलको समस्यबाट केही हदसम्म कृषकलाई सहज बनाइदिन्छ।
एक केजि कोकोपिट सात लिटरसम्म पानी लिने गर्छ भनिन्छ र कयौं महिनासम्मपनि पानी सोचीराख्न सक्छ।यसरी लामो समयसम्म पनि पानी साचेरराख्ने हुदा कोकोपिटको प्रयोगले बोटलाई पानी दिइराख्नु पर्ने झन्झट नि एकदम कम हुन्छ।
यसलाई माटो र बालुवासंग बराबर मात्रामा मिलाएर प्रयोग गर्न सकिन्छ ।सफा कोकोपिटमा प्राकृतिक रुटिङ (जरा पलाउन मद्दत गर्ने) हर्मोन र एन्टीफङ्गल गुण हुन्छ।यो माटाको बिकल्पमा एक उपयुत्त दिगो प्रकृतिक प्रयोग पनि हुने संभावना अत्यधिक देखिन्छ।
नाइट्रोजन,पोटासियम,फोस्फोरस,म्याग्नेसियम,जिन्क तथा बिभिन्न पोषण तत्व पनि केही मात्रामा पाइने गरिन्छ।यस्तो गुणले यसलाइ करेशाबारी खेती तथा घरबागबानीमा पनि धेरै रुचाइएको देखिन्छ।
यसलाई सिडलिङ्ग ट्रे , गमला, कन्टेनर , र प्लास्टिक ब्याग मा राखी प्रयोग गरिन्छ |यो ईट , बर्गाकर को रुप मा हुन्छ |
एक बोटले सामान्यात १५०-१८० फल सम्म नरिवल र एउटा कास्टफल(nut ) बाट १०० ग्रामसम्म पनि जटा दिने हुदा कोकोपिटको उत्पादन र व्यापारमा पनि अहिले एक ठूलो अनि अथाहा अवसर देखिदै छ।यो जैबिकघट्य(biodegardable) तत्व पनि भएकाले बाताबरण अनुकुल हुने हुदा पदूषणको खतरा हुदैन।