Logo
Tuesday, 31st January 2023 || १७ माघ २०७९, मंगलबार

के हो उखुको रातो सडन रोग ?

krishireview
२०७९ असार ७ , मंगलबार ०८:०६ मा प्रकाशित | ४५० पटक पढिएको

Abhisekh Shrestha / Asst.Professor CNRM Bardibas

उखुको भित्र रातो हुने रोग नै रेड रोट हो । भेराइटी उखुको लागि रेड रोट रोक क्यान्सर जस्तै खतरनाक हुन्छ त्यसैले यो रोगलाई उखुको क्यान्सर पनि भनिन्छ । उखुको तेश्रो र चैथो पातमा पहेंलो भएको छ भने त्यसमा रेड रोट लागेको हुन्छ ।यो रोग colletorrichum falatum नामक ढुसीको कारणबाट लाग्दछ।

पातको मध्यभागमा रातो घाउ

यो रोगको ढुसी एक बर्ष देखि अर्को बर्ष सङ्क्रमित बिउ ,उखुका ठुटा तथा खेतमा रहन गएका जिबाणुबाट फैलिन्छ।यो रोगको प्रथम लक्षण अषाण-श्रावण महिना तिर सुरु भइ उखु काट्ने बेला सम्म देखिदैँ जान्छ ।टुप्पोबाट पात पहिलिदै पछि किनाराबाट टुप्पातिर सुक्दछ र पछि झर्छ ।रोग बड्दै गएमा सम्पुर्ण बिरुवा नै सुक्दछ ।रोगी विरुवाका डाँठहरुको आँख्ला सानो र लम्बाई पट्टि चिरेर हेर्दा बिचमा सेतो धब्बाहरु देखिन्छन् जसबाट रक्सिको जस्तो गन्ध आउँछ ।विभिन्न अनुसंधानबाट यो रोगको कारणले उखु उत्पादन र चिनी प्रतिल्ब्धितामा क्रमशः २९% र ३१% ले कमि आएको देखाएको छ।

रातो रङ भएको भित्री क्षेत्र

रातो सड्न रोग लाग्ने जातहरु -जितपुर -२, को.से. ९५४२२ आदि ।

ब्यवस्थापनका उपायहरुः

  • रातो सड नियन्त्रण गर्ने उत्तम उपाय भनेको रोगरहित क्षेत्रमा स्वस्थ बिरुवाबाट रोप्ने सेटहरूको छनोट गर्नु हो।
  • रातो कुहिएको खेतलाई एक सिजन धान र दुई सिजनको लागि अर्को बाली घुमाउनुपर्छ।
  • खेतमा रोग देखिएमा पात र छडी जम्मा गरी जलाएर नष्ट गर्नुपर्छ ।साथै बर्षायाम शुरु हुनु अगाबै( जेष्ठ )रोगी विरुवा हटाउने र नष्ट गर्ने ।
  • उखुको वीउ टुक्राइ सकेपछि ५० डिग्री सेन्टिग्रेड को तातो पानीमा २ घण्टा वा ५४डिग्री सेन्टिग्रेड आद्रवायुले ४ घण्टासम्म उपचार गरी वेभिस्टीनको झोल (एक ग्राम प्रति लिटर पानीमा) वा डाइथीनियम ४५ (२.५ ग्राम प्रति लिटर) पानीको झोलमा डुबाई उपचार गरी रोप्नु पर्दछ ।
  • बीउ रोप्नु अगाडि कार्बेन्डाजिम ५० ड्ब्लु.पि २ ग्राम प्रती लि.पानीको दरले बनाइएको झोलमा ५मिनेट सम्म डुबाइ बीउ उपचार गरि रोप्ने ।
  • टाइकोडर्मा गोबर मन वा प्रेसमडमा मिलाइ प्रयोग गर्ने ।१/२ के.जि .टाइकोडर्माको धुलो ३० के.जि पुर्ण रुपले कुहिएको गोबरमल वा प्रेसमड संघ मिसाएर ६-७ दिन छायाँमा राख्ने र उखु रोप्ने बेलामा नालामा छर्ने ।

प्रतिक्रिया

रातो सडन रोग रेड रोट

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?