परिचय
सिगाटोका पात थोप्ले (Sigatoka Leaf Spot) केराको एक प्रमुख रोग हो । शुरुमा यो रोग फिजी देशको सिगाटोका उपत्यकामा पत्ता लागेको थियो । हाल केरा खेती हुने विश्वका प्रायः सबै भू–भागमा यो रोग फैलिएको छ । ढुसीद्वारा लाग्ने यो रोग दुई किसिमको हुन्छः पहेंलो सिगाटोका (Mycosphaerella musicola) र कालो सिगाटोका (Mycosphaerella fijiensis)। पूर्वी तराईमा विशेष गरी पहेलो सिगाटोकाले वर्षायाम देखि हिउँदसम्म ठूलो क्षति पुर्याउने गरेको छ । विशेष गरी केराको रोगी माउबाट गानो छुट्याएर रोप्दा यो रोग सर्दछ । यसका साथै यो रोग हावा र वर्षाको पानीको माध्यमबाट पनि सर्न सक्दछ । यो रोगको प्रकोप असार-श्रावणबाट शुरु हुन्छ भने कार्तिक देखि पौष सम्म धेरै क्षति पुर्याउने गर्दछ ।
शुरुमा हल्का हरिया, साघुरा, लगभग १ मि.मि. लामा, मसिना थेग्ला देखा पर्दछन्। त्यसपछि ती थेग्लाहरु बढ्दै गएर केही लामा र लगभग १ मि.मि. चौडा धर्सामा परिणत हुन्छन्।विस्तारै ती फैलदै गएर लाम्चो खालको (elliptical) घाउ बन्छन् र खिया जस्तै रातो रंगमा परिणत हुन्छन् । उक्त घाउको वरिपरी पानीले भिजे जस्तै घेरा देखिन्छ । यो विशेष गरेर बिहानीपख शीत भएको बेलामा देख्न सकिन्छ । घाउको बीचको गाढा खैरो भाग पछि गएर ध्वासे खैरो रंगमा परिणत हुन्छ जुन हल्का दबेको खुम्चिएको र वरिपरिबाट गाढा खैरो घेराले औंठी जस्तै रिङ्ग बनाएको हुन्छ । यस्तो पूर्ण विकसित घाउ/ धब्बा सुकेको पातमा पनि देख्न सकिन्छ। कलिला पातमा यस्ता धब्बा वेग्लाहरु ठूला र गोलाकार हुन्छन् । पूर्ण विकसित बेग्लाहरु ८ देखि १२ मि.मि. लामा हुन्छन् । थेग्लाको वरिपरिको पातको भाग पहेलो हुन्छ । यस्तो लक्षण विशेष गरेर थेग्लाबाट पातको किनारा तर्फको भागमा बढी देखिन्छ। रोगको प्रकोप धेरै भएमा पातका धेरै भाग पहेंला र त्यसपछि गाढा खैरो किनारा भएर मर्दै जान्छन् । माथिबाट खुलेका पात गन्दै जादा तेस्रो वा चौथो पातमा यो रोग शुरुवात भएको देखिन्छ । तर बातावरण अनुकूल भएको बखत दोस्रो पातमा पनि लक्षण देख्न सकिन्छ । पुराना पातमा विकसित दाग देख्न सकिन्छ । प्रायः गरी माथितिरका पात भन्दा तलतिरका पातमा यो रोगले बढी क्षति पुयाएको हुन्छ । यो रोग धेरै फैलिएमा पातलाई सुकाई दिन्छ । फल राम्रोसंग वृद्धि हुन सक्दैन र पूर्ण विकसित नभई चाडै नै पाक्दछ । त्यस्ता फलका कोसा साना र पातला हुन्छन् ।
व्यवस्थापन
यो रोग नियन्त्रण गर्न एकिकृत रुपमा निम्न विधिहरु अपनाउनु पर्दछ :