Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

कृषि पढ्दै बिष्णु मोरङमा व्यावसायिक रुपमा कृषि फार्म चलाउदैँ

krishireview
२०७८ भदौ २ , बुधबार ०८:०८ मा प्रकाशित | २१५८ पटक पढिएको

बुढीगङ्गा -१ बिराटनगरस्थित मोरङ्गमा व्यावसायिक कृषि फार्म सञ्चालनमा छ । स्वरोजगार प्रवद्र्धन एवं कृषि क्षेत्रलाई सम्मानित पेशा बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले सानो लगानीमा कृषि फार्म मार्फत कृषि र पशुपालन शुरु गरिएको हो ।

यहाँ बुढीगङा-१ बिराटनगरको करीब १.२५ बिघा आफ्नो र २ बिग्गा बाँझो जग्गा भाडामा लिएर कृषि परियोजना कार्यक्रम शुरु गरिएको फार्मका सन्चालक बिष्णु यादवले जानकारी दिए।

बिराटनगर मोरङ्गका बिष्णु यादव करीब २ बर्ष अगाडीदेखि आफ्नो अध्ययनका साथै व्यावसायिक कृषि फार्म सन्चालनमा लागेका छ्न् ।उनले अहिले पूर्वाञ्चल बिश्व बिधालयबाट सम्बन्ध प्राप्त कलेज जिपिकारबाट बिएसी एगृकल्चरको अध्ययन संगै फार्म सन्चालन पनि गरिरहेका छ्न् । तर पढेलेखेका युवाले कृषि कर्म गर्नु हुँदैन भन्ने हाम्रो समाजिक संस्कार छ र यो संस्कारलाई गलत साबित गर्दै यो पेशामा सुरक्षित अनि दीर्घकालीन भबिस्य भएको प्रत्यक्ष उदाहरण हुन बिष्णु ।

तस्बिर -फार्ममा रमाउदैँ विष्णु

सुरुवातमा १५-२० गाइबाट ब्यबसाय प्रारम्भ गरेका उनले आजसम्म आउँदा ३०-३५ गाई थपिसकेका छ्न् ।केही सानो लगानीबाट ब्यबसाय सुरु गरेका उनले दुई बर्षको अन्तरालमा ७०-८० लाखको पुजिँ स्थापित गर्न सफल भएका छ्न् । थप ब्यबसाय वृद्धि गर्ने सोच बनाएर काम गर्दै छ्न उनि। करिब २०० को हारहारिमा हाँस पालेका छ्न् भने १००० ब्रोइलर कुखुरा पालन पनि गर्दै आएका छ्न् । अध्ययनलाई ब्यबहारिक बनाउन ब्यबसायमा हात हालेको उनी बताउँछन। काम गर्दै अध्ययन गर्दा आफ्नो फार्ममा आफुले अध्ययन गरेको कुरा लागू गर्न सजिलो हुने उनी बताउछन्। मोरङमा दुधको अत्यधिक माग भएकाले गाई पालन ब्यबसाय आफ्नो रोजाईको ब्यबसाय भएको पनि उनी बताउछन्। अहिले उनको फर्मबाट दैनिक २२५-२५०लिटर दूध उत्पादन भएको छ।

गाई पालनबाट ब्याबसायिक कृषिमा प्रवेश गरेका उनले बचार केन्द्रित ब्यबसाय गर्दै आएका छ्न ।समयको मागलाई बुझ्दै बजारको अनुगमन एबम अध्ययन गर्दै उनिले कुखुराका हरेक प्रजाती ब्रोइलर ,लोकल एबम ,हाँसहरु पनि थप्दै आफुलाई सफल ब्यबसायी बनाउने तर्खरमा लागिसकेका छ्न् उनी।करिब २० माउ लोकल बाख्रा पनि उनले पालन गरिरहेका छ्न् ।

बोएर जातको बाख्रामा पनि उनको ध्यान गइरहेको छ भने आगामी दिनमा माछाको पनि पालना गर्ने उनको योजना रहेको छ । साथमा तरकारी खेतीमा पनि उनी लाग्ने कुरा बताउछन् ।

तस्बिर -हासँको लागि बनाएको क्षेत्र

माग अनुसार दूध दिन नसकेको कुरा प्रष्ट्याउदै उनी अझ गाइको संख्या बढाएर माग पूरा गर्ने तर्फ पनि संकेत गर्छन । काम गर्दैगर्दा धेरै समस्या झेल्नु पर्ने भएपनी अहिले आम्दानी दिन थालेपछि ब्यबसायमा रमाउदै छ्न उनी। अहिले लकडाउने गर्दा दूध तथा दुधजन्य बस्तुको उपभोग कम हुँदा बिक्री वितरण गर्न गार्हो भएको उनी बताउछन्। राज्यले अत्यन्तै संबेदनसिल बस्तुको रुपमा दुधलाई लिएपनी कहिलेकाही बाटोमा फ्याक्नु पर्ने समस्या किसानको लागी निकै पिडादायी हुने उनको बुझाइ छ।

सरकारले हामी जस्ता किसानलाई प्रोत्साहन गर्न सके देशमा रोजगारको अवसर सिर्जना हुने तथा आर्थिक समृद्धिमा सहयोग पुग्ने उनि बताउँछन्। बिमा गरेपनी बिमा क्षति सहयोग पाउने देखि राज्यबाट पाउने सहुलियतपूर्ण कर्जा र अनुदान लिन कठिन हुने उनको बुझाइ छ। मुलुकलाई आत्मनिर्भर बनाउन पनि कृषि उपजको उत्पादनमा जोड दिनुपर्ने उनको भनाई छ । ‘पछिल्लो केहि वर्ष नेपालमै उल्लेख्य कृषि उपज उत्पादन नहुँदा खाद्यान्नको अभाव भोग्नु परेको थियो । परनिर्भता हुँदा भारतको नाकाबन्दी र कोभिड प्रकोप बढ्दा नेपालमा कृषि उत्पादनको अभाव रह्यो,’ उनले भने, ‘देशमै प्रयाप्त कृषि उपज उत्पादन भएको थियो भने खाद्यान्नका लागि धेरै दुःख पाउनु पर्दैन थियो ।

तस्बिर -ब्रोइलर पालनको दृश्य
प्रतिक्रिया

व्यावसायिक कृषि फार्म

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?