Logo
Monday, 3rd October 2022 || १७ असोज २०७९, सोमबार

कृषि तथा बन बिज्ञान बिश्वबिद्धालय स्थापना दिवस विशेष

krishireview
२०७७ असार ४ , बिहीबार ०८:०६ मा प्रकाशित | १०४६ पटक पढिएको


देशको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रको  आधुनिकिकरण ,व्यवसायिकरण र विविधकरण गर्दै कृषि क्षेत्रकाे विकास र प्रवर्द्धन गरि ग्रामीण समुदायको आर्थिक र सामाजिक स्तर उन्नतिका  निम्ति एकीकृत रुपले शिक्षण ,अनुसन्धान  र प्रसारको क्षेत्रमा अावस्यक दक्ष जनशक्ति उत्पादन गर्नु यस विश्वविद्धालयको उदेश्य रहिअाएकाे छ।  यि उदेश्य पूरा गर्न नेपाल सरकारको पुर्ण लगानीमा २०६७ साल असार ३ गते चितवनको रामपुरमा स्थापना भएको  नेपालकाे एक मात्र र पहिलो प्राविधिक यो विश्वविद्धालय हो।हरेक बर्ष असार ३मा विभिन्न कार्यक्रम गरि यसलाइ नै एफयु दिवसका रुपमा भब्यताका साथ मनाइने गरिन्छ र यो बर्ष पनि मनाइयो। 


यस संस्थाले कृषि र पशु विज्ञान गरेर प्रमुख दुई शैक्षिक कार्यक्रा सञ्चालन गर्दै अाएकाे छ। जस अंतर्गत नयाँ कार्यक्रमहरु weed science  /seed technology / agribusiness management मा स्नातकोत्तर संचालन अाइसकेका छन्। Bsc agriengineering र Msc dairy technology को लागि पाठ्यक्रम तयार भैरहेको अवस्था छ।यसै कृषि बिज्ञानतर्फ धेरै बिद्यार्थीहरुको आकर्षण बढदै गएकाले यसै बर्षबाट प्रदेशिक सन्तुलन मिल्ने गरि र भौतिक पुर्वाधार व्यवस्थापनका आधारमा उपर्युक्त स्थानहरुमा आङ्गिक कलेजहरु क्रमशः थप गर्दै जाने नीति विश्वविद्धालयको राखेको छ ।एकाईसौ शताब्दीमा बिस्वले बिज्ञान र प्राविधिको क्षेत्रमा नयाँ नयाँ प्रयोग र प्राविधिहरुलाइ कृषकसम्म पुर्याउन आजको आवश्यकता छ।कृषिको आधुनिकीकरण ,यान्त्रिकरण र व्यवसायिकरण विना देशको आर्थिक समृद्धि असम्भब भएकाले गुणस्तरीय जनशक्ति उत्पादन गरि,कृषि क्षेत्रले देशको अर्थतन्त्रमा पुर्याउदै आएको योगदानलाई वृद्धि गर्न यस संस्थाले उल्लेखनिय भूमिका खेल्नेछ।


विश्वविद्यालयले र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गर्दै आएको छ।सन् २०१७ मा biotechnology को गोष्ठीभैंसी पालन सम्बन्धि अन्तर्राष्ट्रिय गोष्ठी ,pulmonary vascular disease गोष्ठी ,२०१८ को अन्तर्राष्ट्रिय पोल्ट्री गोष्ठी ,२०१९ मा भएको IGA Asian regional conference on Goats आदि गर्दै आधुनिक ज्ञान तथा अनुभव साटासाट गर्नुका साथै विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचीत गराएको छ।अनुसन्धान एवम् प्रयोग गरि विश्वविद्यालयले कृषिको कार्यपत्र प्रस्तुत गरि विज्ञहरुको टिप्पणी  र सल्लाहबाट उच्च शिक्षा नीति सम्क्षिप्त प्रकाशनमा ल्याएको छ र अहिले पाच बर्ष (२०१५-२०२०) operational plan तयार गरि कार्यक्रम गरिदै छ।विश्वविद्यालयले शिक्षणको साथै विश्वका ३० भन्दा बढी विश्वविद्यालय र अनुसन्धान केन्द्रसङ सम्झौता पत्रमा हस्ताक्षर गरि शिक्षक ,कर्मचारी  र बिद्यार्थीको कार्यक्रम  आदानप्रदान र collaborative researchलाई आगाडि बढाएको छ।यस्ता उदाहरणीय कार्य र योजनाको अझै सफल कार्यन्वन एबम बिस्तार जरुरि देखिन्छ।


परम्परागत शैक्षिक कार्यक्रमहरूका अलावा विश्वविद्यालयमा विभिन्न तहमा नवीनतम प्रविधिसम्बन्धी विषयको अध्यापन अनुसन्धान सुरु भएको छ । कृषि स्नातक अन्तिम सत्रान्तका विद्यार्थीहरूले अनिवार्य रुपमा गर्नुपर्ने इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्न आर्थिक श्रोतको अभावका कारण अन्योल भएको अवस्थामा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग समन्वय गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत देशका विभिन्न क्षेत्रमा कृषि स्नातक अन्तिम सत्रान्तका विद्यार्थीहरूलाई खटाइ व्यवस्थापन गर्ने काम गरिएको छ ।पढ्ने, पढाउने र जागिरका लागि मात्रै योग्य बनाउने शिक्षा पद्धतिमा परिमार्जन आवश्यक ठानेर आफैँ उद्यमशील कसरी बनाउन सकिन्छ भन्ने योजनाका साथ भेटेरिनरी छैटौं र सातौं समेस्टरमा पढ्ने विद्यार्थीहरूलाई अनिवार्य रुपमा व्यवसायिक उद्यमशीलतासम्बन्धी कार्यक्रम सञ्चालनमा ल्याएको छ ।


विश्वविद्यालयले प्रत्येक आङ्गिक क्याम्पसमा हलुका संरचनाहरू बनाउन दुई-दुई करोड रकम छुट्टाएको छ! विश्वविद्यालयका आंंगिक क्याम्पसहरूमा कतै स्थायी त कतै हलुका संरचनाहरू निर्माण भइरहेका छन् । कास्कीको पुरुनचौर आङ्गिक कलेजको भवन निर्माण अन्तिम चरणमा पुगेको साथसाथै यो बर्ष नयाँ प्रशासनिक भवनको टेन्डर पनि भैसकेको छ।


विश्वविद्यालयको अग्रसरतामा अनुसन्धान गरी सुक्खा सहन सक्ने गहुँको जात विकास अगाडी बढेको छ।महामारिमा आइपरेको  अभावलाई बिश्वबिद्धालयले ध्यानमा राखेर प्राकृतिक जाडिबुटी तितेपातिबाट स्यानिटाइजरको निर्माण गरि जनस्तरलाई महत्त्वपूर्ण योगदान दिएको हामिलाइ बिदितै छ।


कृषि तथा वनबिज्ञान  विश्वविद्यालयलकि उपकुलपति  प्रा.डा.सारदा थपलिया ज्युले आजको यश ११औ ए.फ. यु दिवश तथा दसौं बार्सिकोत्सबको सुभकामना दिदै  ,´´आजको यो दिनसम्म आउदा विश्वविद्यालयले धेरै नै उकाली-ओरालि पार गर्दै यो छोटो समयमा नै देशभरी नै आङ्गिक क्याम्पसहरु स्थापना गर्दै कृषिलाई जनास्तरमा पुर्याउन सफल भएको छ।पठनपाठनमात्र नभएर एकदम आक्रमक ढंगले अनुसन्धान र प्रसारको गतिविधि गर्नु पर्ने जिम्मेवारी आइसकेको उहालेे बतााउनुभयो ।सरकारले कृृषि उत्पादनको मुल आधार,अनुसन्धान शिक्षा र प्रसार `भन्ने मुल नारा सहित सातैओटा प्रदेशमा फैलिएका क्याम्पससङ गासिएर किसान र बिद्यार्थीलाई जोडेको छ र यसले किसान समक्ष पहच पुग्ने देखिन्छ।विभिन्न प्लान्ट क्लिनिक ,माटो जाँच जस्ता गतिविधि गर्दै राज्यको जुन उदेश्य परिपुर्तिको लागि  विश्वविद्यालयल स्थापना भएको छ आउदा दिनमा पनि यस्तै लक्ष्य अनि उदेश्य सफल पार्ने हौसला मिलोश` भन्ने कुुरामा जोड दिनुभयो।


यस्तै स्थापना दिवशको अवसरमा कृषि सन्कायकी निमित्त डिन कल्याणि मिश्र त्रिपाठि ज्युले शुभकामना दिदै  ,´´सबै विश्वविद्यालयल मध्ये विसुद्द अधिकार प्राप्त हाम्रो विश्वविद्यालयका बिद्यार्थीहरु आफ्नो बिचार र नया योजनाका साथ आगामी दिनहरु थप विस्वास र हिम्मतका साथ कोभिड१९ले थङ्थिलो बनाएको बेला कृषि क्षेत्रमा एक सक्षम अनि सबल योजनाका साथ सरकार अनि सरोकारवालासङ हातेमालो गरेर अगाडि बढुन्।अहिलेको सन्दर्भलाई  सुहाउँदो समय सापेक्ष प्राविधिक शिक्षाका माध्यमबाट आर्थिक उनन्तिका लागि सबैले सोचेर सबै एक जुट भएर आगामी दिनमा मन वचन र कर्मले कृषिलाई नया आयाम दिउन।बिस्तारै बिस्तारै विश्वविद्यालयले अन्लाईन सिकाइ शिक्षा विधि आरम्भ गरेको छ र विभिन्न प्रेसेन्टेसन त भैनै रहेको छ ,यस पद्धति र प्रणालीको उचित व्यवस्थापन गर्दै जाने छौ।विभिन्न गैरसरकारी सस्था,अन्तर्राष्ट्रिय गैरसरकारी सस्था र प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना सङ्ग जोडिएर आगाडी बढेका छौ।यसरि नै बिद्यार्थी ,शिक्षक अनि कर्मचारी गरेर यी तीन बिच उचित समियाजन र समझदारीमा अगाडि बढदै सबैमा `we feeling´आगाडी बडाउदै जानू जरुरी छ।यस्तै भावनाको बिकास अनि आपसी समझदारी बढोश´ भन्ने भनाइ राख्नुभयो।


कृषकसँग ए.एफ.यू.’ भन्ने नारा तय गरी विगत लामो समयदेखि सञ्चालनमा आउन नसकेको कृषि प्रदर्शनी तथा मेला आयोजना गरिएको छ ।  विश्वविद्यालयलाई किसानसँग जोड्न र किसानका समस्याहरूमाथि अनुसन्धान गर्नका लागि यस्ता मेलाहरू फलदायी हुनेछन् ।नेपाली कृषिश्रेत्रको समुल सुदृढीकरण गर्दै देशको आर्थिक सबलिकरणमा टेवा पुर्याउने उदेश्यले स्थानपित विश्वविद्यालयकाे दसौँ स्थापना दिवसका उपलक्ष्यमा गरेको कृषि मेला तथा कृषि प्रदर्सनि निकै उत्साहजनक ढंगले  सफल  भएको त हामिलाइ याथावत नै छ ।यश बर्ष पनि यस्तै योजना रहेता पनि महामारीले समयसापेक्ष कार्य र कार्यक्रम गर्न असहजिलो भएता पनि केही उचित समाजिक दुरि मिलाएर सरसफाइ तथा बृक्षरोपण कार्यक्रम साथसाथै दिप प्रज्वलन तथा दिपावलीको समेत आयोजना गरेर ११औ एफयु स्थापना दिवस मानाइयो।यस्ता कार्यक्रमको निरन्तरता अबको आवश्यकता हो ।


हालको प्रतिकुल परिस्थितिमा समेत अन्लाईन कक्षाको अवधारणा ल्याएर अन्लाईन सिकाइ पद्धति अन्तर्गत अन्लाईन पढाइ र सिकाइ सुरु गरेको अवस्था छ ।सम्पुर्ण बिद्यार्थीमा ईन्टरनेटको सहज पहुच पुर्याउनुपर्ने अवस्य छ्दै छ र यसो गर्दा सिकाइको प्रभावकारितामा बढोत्तरी हुन्छ भन्ने मान्यता रहेको छ।बिज्ञान र प्रबिधिको बिस्तारसङ बिश्वबिद्धालय जोडिदै जानू एक प्रगतिशील एबम आधुनिक उपलब्धिका रुपमा लिन सकिन्छ ।


भैतिक पुर्वधार विकाश र विस्तार ,आङ्गिक क्याम्पस स्थापना र विकाश ,कृषि विज्ञान केन्द्र स्थापना ,अनुसन्धान  र प्रसार संचालन गर्दै युवापुस्तालाई कृषिमा अग्रसर बनाएर जनशक्ती व्यवस्थापन गरि सामाजिक सुरक्षा र आर्थिक उन्नतिका लागि बिश्वबिद्धालय सधैभ अग्रसर देखिन्छ।
यसरी देशकै पहिलो विश्वविद्यालयले विद्यार्थीको भावाना  र विद्यार्थीले  विश्वविद्यालयको भावनालाई बुझेर किसानसङै आपसी समझदारीमा सबैको प्रायस,साथ,सहयोग,अनुभव र विश्वास  बोकेर आगाडी बढ्न सके हाम्रो प्राविधिक बिश्वबिद्धालयको पढाइ र सिकाइ नया उचाइमा पुग्ने छ।विश्वविद्यालयमा रहेको तमाम बेतिथि बिसङगतीहरुलाई निर्मुल पार्दै विश्वविद्यालयले स्थापनाको मर्म र उदेश्यलाई बुझेर कृषिशिक्षालाइ नयाँ आयममा अवस्य नै पुर्याउने छ भन्ने विश्वास राख्दै आजको ११औ स्थापना दिवसको शुभकामना एवम् सुभेक्षा व्यक्त गर्दछौ।

प्रतिक्रिया


Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?