Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

कृषि तथा बनबिज्ञान विश्वविद्यालयमा पहिलो पटक हल्ट प्राइज आयोजना हुँदै

krishireview
२०७७ भदौ १९ , शुक्रबार ०५:०९ मा प्रकाशित | १५९६ पटक पढिएको

सिन्धुली – यस बर्ष कृषि तथा वनविज्ञान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती “हल्ट प्रइज २०२०/ २१ ” आयोजना हुन लागेको छ। यो अन क्याम्पस कार्यक्रम”  पहिलो पटक कृषि तथा वनविज्ञान विश्वविद्यालयमा सन्चालन हुन गइरहेको हो।

यो प्रतिस्पर्धालाई विध्यार्थीहरूका लागि “ नोबल पुरस्कार ” भनेर चिनिन्छ ,जसको विजेताहरुका लागि १ मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ ।

के हो त हल्ट प्राइज?
हल्ट प्राइज ऊर्जावान विद्यार्थी युवाहरुको लागी एक अवसर हो, जो एक उद्यमी, व्यापारी हुन कोसिष गर्दछन् समाजमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति।अहिलेसम्म शिक्षा, बिजुली, पानी ,खाद्य सुरक्षा र यस्तै अन्य किसिमका चुनौतीहरूका लागि अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनले छनौट गरेका छन् र उनले हरेक वर्ष यस्तै समाजलाई सकारात्मक परिवर्तन ल्याउने खालका विषय रोज्ने गरेका छन्।हरेक बर्ष चुनौतीहरु सयुक्त राष्ट्र संघका दिगो बिकासका लक्ष्यहरु रहेर घोषण गरिन्छ।

हल्ट पुरस्कार एक अन्तर्राष्ट्रिय खुला प्लेटफर्म पनि हो जसले विध्यार्थीहरुलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन अवसर दिन्छ।यो प्रतिस्पर्धाका विजेता विध्यार्थीहरूका लागि १ मिलियन अमेरिकीडलर पुरस्कार रहेको छ।यो युवाहरुको सञ्जाल हो जस्ले युवापुस्तालाइ समाज र विश्व परिवर्तन गर्न उत्प्रेरित गर्छ। यो विध्यार्थीहरुको लागि संसारकै ठुलो प्रतिस्पर्धा हो।

कसरी र कस्तो बिषय हुनेछ?
हरेक वर्ष हल्ट प्राइज फाउन्डेसनले ‘दिगो विकास लक्ष्य (SDGs) ‘ मा रहेर सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गर्दै ‘चुनौती/ बिषय’ घोषणा गर्दछ र उक्त बिषयभित्र रहेर प्रतियोगीहरु आफ्नो व्यापार आइडिया सहित प्रस्तुत हुनु पर्छ। यो बर्षको चुनौती/ बिषय “Food For Good” घोषणा भइ सकेको छ र प्रतियोगिहरुले सोहि विषयमा आधारित भएर आफ्नो उद्धमशिलता बिचार प्रस्तुत गर्नु पर्ने हुन्छ।

प्रतियोगी कति हुनेगरेका छन् ?
विश्वभरिबाट सहभागी हुने यस कार्यक्रममा १२१ देशका २,५०० भन्दा बढी विश्वविद्यालयहरुबाट ३,००,००० भन्दा धेरै विध्यार्थीले सहभागीता जनाउने गरेका छन्।

कसरी हुन्छ त कार्यक्रम ?
यस कार्यक्रममा नेपालभरिका कृषि तथा वनबिज्ञान विश्वविद्यालय अन्तर्गत पर्ने केन्द्रिय र सम्बन्धन प्राप्त क्याम्पसका स्नातक र स्नातकोत्तर अध्यनरत विद्यार्थीहरुले भाग लिन पाउने छन्। प्रत्येक क्याम्पस अथवा बिश्वबिद्धालयहरुमा हुने प्रतियोगिता अथवा समाजिक आन्दोलनलाई “अन क्याम्पस प्रोग्राम” को नाम दिएको छ । “अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धीहरुका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरु आयोजना गरिने जानकारी यस बिश्वबिद्धालयका हल्ट प्राइजका क्याम्पस निर्देशक सुजनजङ्ग थापाले जानकारी दिएका छन्  ।यो प्रतियोगितामा स्नातक र स्नातकोत्तर अध्ययनरत ३-४ जना बिद्यार्थीहरुको समूहले भाग लिन सक्दछ्न, (४ भन्दा बढी विद्यार्थीहरूको समूह मान्य हुने छैन)।

उनले थप्दै भने बिश्वबिद्धालयसङ सम्बन्धित सम्पूर्ण पदाधिकारी र सरोकारवालासङ भर्चुअल मिटिङ भइ यस हुन गइरहेको कार्यक्रमको प्रक्रिया र ढंगको बारेमा सफल र बहस भइसकेको छ।सोही कार्यक्रममा कृषि तथा वन बिज्ञान बिश्वबिद्धालयकि उपकुलपति प्रा.डा शारदा थपलिया,कार्यबाहक डिन कृषि सङ्काय प्रा.डा कल्याणी मिश्र त्रिपाठी ,कार्यबाहक डिन वन सङ्काय प्रा.डा बलराम भट्ट ,विद्यार्थी कल्याणकारी निर्देशनालय प्रमुख प्रा.डा अरभिन्द श्रीवास्तब,क्याम्पस प्रमुख प्राकृतिक स्रोत ब्यबस्थापन कलेज कटारी सह-प्राध्यापक डा.गान्धिभ काफ्ले,क्याम्पस प्रमुख प्राकृतिक स्रोत ब्यबस्थापन कलेज सिन्धुली सह-प्राध्यापक माधव धिताल,क्याम्पस प्रमुख प्राकृतिक स्रोत ब्यबस्थापन कलेज बर्दिबास  सह-प्राध्यापक विशाल श्रेष्ठ,क्याम्पस प्रमुख प्राकृतिक स्रोत ब्यबस्थापन कलेज रोल्पा सह-प्राध्यापक सुमन ढकाल,क्याम्पस प्राकृतिक स्रोत ब्यबस्थापन कलेज सिन्धुली सह-प्राध्यापक प्रसिद थापा उपस्थित virtual मिटिङमा बोल्दै उहाँहरुले कार्यक्रममा आर्थिक ,सामाजिक र बौद्धिक सहयोग जनाउने प्रतिबद्दता जानाउदै एक सकारात्मक कदम भनेर प्रशंसा समेत गर्नु भयो र कार्यक्रमको भव्य आयोजना गर्न सल्लाहसुझाव र हौसाला दिदै आउदा दिनमा बिश्वबिद्धालय यस्ता कार्यतर्फ सधैंभ लागिपर्ने कुराहरु पनि उहाँहरुले बताउनु भयो।

भर्चुअल मिटिङ गरेर बिश्वबिद्धालयका बिद्यार्थीलाई पनि केही समय अगाडि हल्ट प्राइज कृषि तथा वन बिज्ञान बिश्वबिद्धालयले कार्यक्रम र प्रक्रियाका बारेमा जानकारी दिइएको थियो,जसमा बिश्वबिद्धालयमा अध्ययनरत पुर्ब देखि पश्चिमका बिध्यार्थिहरु उपस्थित भएका  जानकारी मिलेको छ।

संचालक समिति अनि क्याम्पस प्रतिनिधिको फर्म पनि खुलिसकेको छ र सम्बन्धित इच्छुक  बिध्यार्थीहरुले फर्म भर्न सक्ने छन् ।फर्मको अन्तिम मिति भने यहि सेप्टेम्बर-५ अनि ७ रहेको जानकारी गराउदै
हल्ट प्राइज एएफयुका डाइरेक्टर सुजनजङ्ग थापाले भर्नका लागि अनुरोध पनि गरेका छन् ।

बोल्ने क्रममा जोड दिदै सुजनजङ्ग थापा भन्छ्न् ” जस्तो परिस्थिति आए पनि हामि यो “अन क्याम्पस कार्यक्रम” सफल परेर छाड्नेछौ ।” सम्भव भए सम्म भौतिक रुपमा कार्यक्रम गर्ने , नभए virtual माध्यमबाट कार्यक्रम सफल पार्ने उदेश्य …… विश्वव्यापी महामारीले विश्वलाई आतंकित बनाएको अवस्था भए पनि यो असहज परिस्थितिलाइ अवसरको रूपमा लिई क्याम्पस निर्देशकले अधिकतम विध्यार्थीलाई सहभागी हुन प्रोत्साहित गर्ने रचनात्मक विचारहरू निर्माणमा केन्द्रित गर्ने उदेश्य राखेका छन्।

किन भाग लिने?
 “अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि सिधै प्रतिस्पर्धा गर्न पाउने छन्। रिजनलका बिजेता accelerator मा पर्तिस्पर्धा गर्ने मौका पाउने छ्न् र accelerator का बिजेताले global finals मा प्रतिस्पर्धा गर्न UN headquarter मा गएर आफ्नो business idea प्रस्तुत गर्ने मौका को साथ साथै प्रतिस्पर्धा जितेर आफ्नो उद्धम सन्चालन गर्न 1 million अमेरिकि डलर प्राप्त गर्ने मौका पाउने छन्।

 भोकालाई खुवाउने, रोजगारको सृजना गरी अर्थतन्त्र लाइ उत्प्रेरित गर्दै व्यावहारिक खाध्य उध्यम सञ्चालन गरेर २०३० सम्म १ करोड व्यक्तिको जीवनमा परिवर्तन ल्याउने उदेश्य राखेको हल्ट चुनौती (food for good) मा सहभागी भई आफ्नो समाज , राष्ट्रिय र विश्वव्यापी बढ्दै गरेको खाध्य संकटलाई अवसरको रूपमा परिवर्तन गर्न यश बर्षका हल्ट प्राइज कृषि तथा बनबिज्ञान बिश्वबिद्धालयका डाइरेक्टर सुजनजङ्ग थापाको अनुरोध छ।

प्रतिक्रिया

हल्ट प्राइज हल्ट प्राइज एट एएफयु

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?