Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

कृषि क्षेत्रको विकासमा युवाको भूमिका

krishireview
२०७७ असार १३ , शनिबार ०८:०६ मा प्रकाशित | ३४४३ पटक पढिएको

गंगा दुलाल

प्राकृतिक स्रोत ब्याबस्थापन कलेज,  बर्दिबास

हेटाैँडा| नेपाल एक कृषि प्रधान देश हो । नेपालको कुल गार्हस्थ्यमा एक तिहइ भन्दा बढी योगदान कृषि क्षेत्रको रहेको छ। नेपालमा ६५  प्रतिशत  भन्दा बढी मानिस जनजीविकाको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छन्।  नेपालको कुल जनसंख्याको ४०  प्रतिशत युवा वर्ग भित्र  पर्दछन्। राष्ट्रीय युवा नीतिका अनुसार १६ वर्ष देखि ४० वर्ष भित्रका नागरिकलाई युवावर्गमा लिने गरिन्छ ।  

करिब १४  प्रतिशत युवा जनसंख्या रोजगारी र शिक्षाको लागि विदेशमा पाइन्छ। वैदेशिक रोजगार तथ्याङ्क विभागका अनुसार वि.सं. २०४२ साल यता नेपालबाट करिब ४० लाख युवा युवती वैदेशिक रोजगारको लागि विश्व बजारमा रहेका छन् ।  कृषिको आधुनिकीकरणगर्न सकिएको छैन त्यसैले नेपलमा  ४३% बेरोजगार र २५% मानिस गरीबिको रेखामुनी छन् ।  बढ्दो जनसंख्या, कृषिमा आधुनिकीकरण हुन नसक्नु, भएका पुराना उद्योग धन्दा तथा कल कारखान बन्द गरिनु , देशमा रोजगारीको अवसर नपाउनु, रोजगारीको अवसर पाए पनि उचित तलब भत्ता नपाउनु , गुजारामुखी पेशाको रुपमा कृषिलाई लिइनु ,कृषिलाई व्यवसायीकरण गर्न नसक्नु, करिब २४% मानिसहरु निरपेक्ष गरिबीको रेखामुनी हुनु, परम्परागत खेती प्रणाली, सिंचाइको अभाव, बजार व्यवस्थाको अभाव, बन विनास तथा बढ्दो जनसंख्या र औद्योगिकिकरणको कमी आदि कारणले नेपाली युवाहरु विदेशिन बाध्य छन् । देशभित्र स्वरोजगार सिर्जना गर्ने खालको वातावरण नभएकाले वर्षेनि कामको खोजीमा करिब २ लाख ५० हजार युवा युवतीहरु विश्व श्रम बजारमा जाने गरेका छन् ।

कृषि क्षेत्रले नेपालको बढ्दो जनसंख्या र उत्पादनको बीच तालमेल मिलाउँदै  आज र आउँदो दिनमा खाद्य सुरक्षा सुनि्चित गर्न आवश्यक छ ।बुढेसकालका किसानहरूको धेरै संख्या भनेको एक समस्या हो जुन यी दिनमा विश्वव्यापी रूपमा छलफल गरिन्छ। कुनै पनि क्षेत्रमा युवाको संलग्नता उसको शक्ति, प्रदर्शन, र क्षमताले आकर्षित गर्दछ। युवाहरूसँग आवश्यक पर्दा जोखिम लिने र उक्त जोखिम प्रबन्धनका लागि रणनीति अपनाउने क्षेमता हुन्छ । यसले कृषि प्रणालीलाई लाभदायक र दिगो बनाउँदछ । युवाहरूलाई नेपालको कृषि क्षेत्र परिवर्तन गर्ने सम्पत्तीको रूपमा लिनुपर्दछ र उनीहरूलाई रेमिट्यान्सका लागि विदेशमा श्रम बेच्न बाध्य बनाउनुको सट्टा आफ्नो अनौठो सीप र कलाको उपयोग आफ्नै देशको कृषिमा गर्न वातावरण सिर्जना गर्नु यस क्षेत्रको विकासको लागि प्रमुख आवश्यकता हो ।

आजको कृषि बढी प्रतिस्पर्धी छ। यसैले हामीलाई शिक्षित युवा किसानहरूको आवश्यकता छ जसले व्यापारीकरणको माध्यमबाट कृषिलाई प्रतिस्पर्धी बनाउन सक्छन् । शिक्षामा युवाको बढ्दो पहुँचले नयाँ प्रविधि र नयाँ सोच लागू गरेर कृषिलाई परिवर्तन गर्न सक्छ।तिनीहरूले सफलतापूर्वक आधुनिक प्रविधि र मेसिनरी प्रयोग गर्न सक्दछन्। युवाहरूले सूचना र सञ्चार प्रविधिमा पहुँच वृद्धि गरेर ,देश तथा विदेशका सफल फार्महरू अवलोकन गर्दै ज्ञान र अनुभव बटुलेका छन्। यसले उनीहरूको यस क्षेत्रमा संलग्न हुनको लागि रुचि बढाएको छ । तिनीहरू परम्परागत किसानहरु भन्दा अधिक फसल गर्न सक्षम छन्। उच्च उत्पादनशील प्रजातिहरूको अपनन, मल र सिँचाइको बढ्दो प्रयोग, व्यवस्थित बोट संरक्षणको उपाय र बजारको मागमा आधारित उत्पादनले उनीहरूलाई सफल किसान बनाएर देशको कृषि क्षेत्रलाई विकासको बाटोमा डोर्याउन सक्छ ।      

व्यवसायीक र आधुनिकीकरण गर्न नसक्नुले निर्वाहमुखी पेशाको रुपमा कृषिलाई लिइएको छ । नेपालमा करिब २० वर्ष अघिनै टनेल खेती जस्तो प्रविधि भित्रिएको थियो तर यसले व्यवसायिक रूप पाउन सकेको थिएन । सो काम इजरायलका बिभिन्न कृषि फर्ममा काम गरेर नेपाल फर्केका युवाले गरेका छन । त्यसले टमाटर खेती जस्ता धेरै क्षेत्रमा एउटा नयाँ क्रान्तिकै थालनी गरेको छ। कुनै ढिलाइ नगरी हामी इजरायलबाट सिकौं, यो मरुभूमि भएको देश जहाँ दुई प्रतिशत जनसंख्याको कृषिमा मात्र सहभागी छ यसले सम्पूर्ण जनसंख्यालाई मात्र होइन अन्य देशहरूमा खाद्यान्न पनि निर्यात गर्दछ। नेपालमा पनि यो सम्भव छ तर युवाको संगलनता बिना कृषिको विकास सोच्नु एउटा भ्रम मात्र हुनेछ। इजरायल , नर्वे , जापान , बंगलादेश र भारत जस्ता बिभिन्न रास्ट्रबाट कृषिमा दक्षता हासिल गरी नेपाल आएका युवाहरुलाई कृषिमा लाग्ने वातावरण मिलाउनका लागि  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जस्ता परियोजना मार्फत युवाको सहभागिता बढाउन सकियो भने  सधियौ देखि चलीआएको निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक कृषिमा परिवर्तन भएको देख्न धेरै पर्खनु पर्ने छैन ।

तसर्थ , नेपाली कृषिले बढी युवाहरूलाई आकर्षित गर्नु आवश्यक छ। यसलाई आधुनिकीकरण गरी नगद कमाउने व्यवसायमा परिणत गर्न जरुरी छ । अझै समाजमा धेरैले कृषिलाई रोजगारीका लागि उपयुक्त क्षेत्रका रूपमा लिदैनन् । कृषि क्षेत्रमा धमिलो प्रकाश लाग्दै छ किनभने आजका युवाहरु कृषिबाट आउने कम मुनाफा , सम्बन्धित जोखिमहरू र छिटो पैंसा कमाउने ईच्छाका कारण कृषिमा चासो राख्दैनन्। त्यसैले कृषिमा युवा संलग्नता बढाउनको लागि, सबैभन्दा पहिले यसको छवि सुधार गर्नु आवश्यक छ। पूँजीको अभावले धेरै युवाहरूको हात बाँधेको छ ।यस समस्याको समाधान गर्न सरकारले नुनतम ब्याजमा किसानलाई ऋण दिने प्राब्दान मिलाउन जरुरी छ  अहिले कोरोनाले गर्दा भएको  लकडाउनमा जसरी किसानले आफ्नो उत्पादन नष्ट गर्नु परेको छ , भविष्यमा यस्तो अवस्थाको सिर्जना नहुने कुरा सुनिक्षित गर्न उत्पादनहरूको बजार ग्यारेन्टी हुनुपर्छ ।

वर्तमान अवस्थामा जब जलवायु परिवर्तन र ग्लोबल वार्मिंग चरम सीमामा छ, वातावरण मैत्री खेती प्रणाली अपनाउन सकेमात्र कृषि फस्टाउन सक्छ । भौगोलिक रूपमा विविधताले भरिपूर्ण राष्ट्र भएकाले प्रकितिक प्रकोप र मौसम परवर्तनले कृषि उत्पादनमा असर पार्दै आएको छ । यसकालागि कृषि बीमाको नीतिलाई गाउँ गाउँमा पुर्याउनुका साथै जलवायु परिवर्तन र बढ्दो ग्लोबल वार्मिङ बाट हुने खतरालाई मध्येनजर गर्दै स्मार्ट कृषिको प्रणालीबाट वातावरण मैत्री खेती गर्नकोलागी पढेलेखेका युवाको सीप र ज्ञानलाई कृषिमा सदुपयोग गर्न अत्यावश्यक छ।

नेपालमा सामान्य गलत धारणा यो छ कि खेतीपातीमा शिक्षा महत्वपूर्ण हुँदैन। जबसम्म त्यस्ता गलत सूचनाहरू सच्याईदैनन्, कृषि क्षेत्रको विकास हुँदैन । सुरक्षित खाना उत्पादन गर्न र कृषि उत्पादनहरूलाई बजारमा प्रतिस्पर्धी बनाउन विशेष दक्षता भएका युवाको आवश्यकता छ। व्यावसायिक शिक्षाले युवा किसानहरुलाई यी क्षेत्रहरुमा ज्ञान बढाउन मद्दत गर्दछ र आर्थिक तथा वातावरणीय हिसाबले राम्रो, र जीवनको गुणस्तरमा योगदान पुर्याउँदछ। त्यसैले , नेपाल सरकारले शिक्षित युवाको लागि कृषि क्षेत्रमा सम्मान पाउने वातावरण बनाउन पर्छ । कृषिमा अनुसन्धान गर्न राम्रो प्ररियोगजना बनाएर दक्षे युवाहरु कृषिमा आकर्षित गराउन पर्दछ ।युवाहरूले कृषिमा सामना गरिरहेका अहिलेका अवरोधहरूलाई सम्बोधन गरिदैन भने भविष्यका किसानहरू भनिएका युवाको भविष्य खतरामा पर्नसक्छ । 

कृषि क्षेत्रमा युवाहरु संग्लग्न भएमा यस क्षेत्रले नेपाली युवाहरूको बेरोजगारीको समस्या समाधान गर्न सक्छ । जोश, जाँगर , उद्यमशील ,गतिशील ,बल, विवेक, आकाङ्क्षा बोकेका लाखौं युवा शक्ति राज्यको सही नीति र योजनाको अभावमा वैदेशिक रोजगारमा जानु परेको छ । तसर्थ , कृषि क्षेत्रलाई सम्मानजनक पेशाको रूपमा स्थापना गरेर युवाहरुलाई देशभित्रै राख्नु र उनीहरुलाई नाफामूलक कृषि रोजगारमा लाग्नुले देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनेछ र ग्रामीण अर्थतन्त्रलाई उत्प्रेरित गर्दै यस क्षेत्रका साथै देशको आर्थिक अवस्थालाई विकासको बाटो तर्फ लानेछ ।  

               

प्रतिक्रिया


Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?