Ranju kumari yadav (CNRM Bardibas)
कुरिलो एक औषधिजन्य बहुवर्षीय वनस्पति हो। यो शतावरी प्रजातिमा पर्छ (Asparagaceae family)। यसलाई संस्कृतमा सतावर, नारायणी, बहुसुता, शातमुली आदि नामले चिनिन्छ। यसमा धेरै काण्ड, मसिना झुपादार पात र धेरै मसिना हाँगाहरू हुन्छन्। फल चाहिँ केराउका दाना जत्रा र कडा बिज युक्त हुन्छन। पाकेपछि फल राता वा निला रङका हुन्छन्। यसका जरा सेता मुला आकारका तर औला जतिकै मसिना र धेरै संख्यामा हुन्छन्। आयुर्वेदमा यसलाई बुध्दिबर्धक, अग्निबर्धक, बान, पित्त, शोक दुर्वलता निवारक पनि भनिन्छ।
कुरिलोमा चिल्लो पदार्थको अंश नभएको हुँदा कोलेस्ट्रॉल र सोडियम तत्व नभएको भिटामिन-ए तथा भिटामिन-सी, फाइबर, प्रोटीन,क्यालसियम प्रशस्त मात्रामा भएको उपयोगी खाद्य पदार्थको रूपमा लिइन्छ। यो सुप र तरकारीको रुपमा र हरियो तथा बफाएको कुरिलो सलादको रुपमा पनि ख
ाने गरिन्छ।
यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्र पूर्वको इलामदेखि पश्चिमको डडेल्धुरा, बैतडी सम्म सफलतापूर्वक गर्न सकिन्छ। तुषारो पर्ने क्षेत्र यसको खेतीका लागि उपयुक्त मानिदैन। यसको लागि हिउँदमा चिसो तथा बसन्तमा न्यानो हावापानी राम्रो मानिन्छ। सामान्यतया माटोको तापक्रम १० डि. से. भन्दा कम हुनु राम्रो मानिन्छ र हिउँदमा बिरुवा सुशुप्त अवस्थामा जानै पर्दछ। खासगरी १५-२५ डि.से. तापक्रममा कुरिलोको टुसा राम्रोसँग पलाउँछ।
कुरिलोको जरा धेरै गहिराइसम्म जाने भएको हुँदा प्रांगारिक पदार्थ युक्त, गहिरो, खुकुलो, निकासको राम्रो व्यवस्था भएको बलौटे दोमट माटो कुरिलो खेतीको लागि उपयुक्त हुन्छ। खुकुलो माटोमा कुरिलोको जरा ८ फीट गहिराइसम्म पुग्दछ। माटोको पी.एच. ६-७.५ सम्म राम्रो मानिन्छ।
राम्रोसँग मल हालेर कम्तीमा तीन-चार पटक खनजोत गरिएको जमिनमा कुरिलो लगाउन सकिन्छ। सामान्तया कुरिलोको बेर्ना गरेर बिरुवा लगाइन्छ तर कसैले ड्याङमा नै बिउ रोप्छन् । विदेशमा जरा लगाउने चलन पनि छ तर नेपालमा बिउ वा जरा भन्दा विरुवा नै सर्वसुलभ देखिन्छ। एक रुपनि जमिन मा करिब १५०० बिरुवा लगाउन सकिन्छ। उन्नत खालको विरुवा उपलब्ध गराउनको लागि स्वदेश तथा विदेशमा थुप्रै संस्थाहरु खुलेका छन्।
कुरिलोको भाले र पोथी फूल भिन्दाभिन्दै बोटमा हुने भएकोले यिनीहरूको परीक्षण को लागि भाले र पोथी बिरुवा एकै ठाउँमा पर्ने गरी मिलाएर रोपेको राम्रो हुन्छ। यो ३ तरिकाले रोप्न सकिन्छ।
यस तरिकामा प्रसारणका लागि राखिएको पुरानो कुरिलोको बोटबाट जरा निकाली सार्न सकिन्छ। जरा राम्रो, स्वस्थ, राम्रो वृध्दि भएको हुनुपर्छ। हरेक जरा करिब १०० देखि १२० ग्रामको भएको खण्डमा राम्रो हुन्छ ।
बिउबाट जरा तयार गरी तपसिल बमोजिम लगाउनु पर्छ।
माघ महिना लागेपछि नर्सरी राख्ने तयारी गर्नुपर्छ। तुषारो नपर्ने ठाउँ र तराईजस्तो ठाउँमा माघको अन्त्यमा बिउ नर्सरी ब्यागमा रोप्न सकिन्छ। चैतको अन्तिम वा बैशाख शुरुमा बेर्ना रोप्न योग्य हुन्छन्। चैत पछाडि नर्सरी राखेमा बिउ रोपेको करिब दुई महिनामा बेर्ना सार्ने योग्य हुन्छ। वैशाख, जेठ बेर्ना रोप्नको लागि राम्रो मानिन्छ। तर असोज सम्म पनि रोप्न सकिन्छ। एक रोपनीमा 15 सय जति बिरुवाको आवश्यकता पर्दछ।
कुरिलोको बीउ सोझै रोपेर पनि खेती गर्न सकिन्छ। यसो गर्दा बेर्नालाई झारपातबाट जोगाउन भने विशेष ध्यान पुर्याउनुपर्छ।
कुरिलोमा रोग नलाग्ने हुँदा यसमा रसायनिक मलको आवश्यकता पर्दैन। कुरिलो लगाएको तीन वर्षपछि मात्र उत्पादन लिन उपयुक्त हुन्छ र एक पल्ट लगाएसी राम्रो हेरचाह, गोडमेल, मलजल गरेमा लगातार १५ देखि २० बर्ष सम्म उत्पादन लिन सकिन्छ। कुरिलोले उत्पादन दिन थालेसी १कठ्ठा जमिनमा दिनको ६ देखि १० के.जी. सम्म उत्पादन दिन्छ र अहिलेको बजारमा कुरिलो रु.३५०-६०० सम्ममा किनबेच भइरहेको छ। यसको मतलब महिनाको रु.५० देखि ५५ हजारको कुरिलो एक कट्ठा जमिन बाटै उत्पादन लिन सकिन्छ। यसर्थ नेपालमा पनि कुरिलो खेती व्यवसायिक रुपमा लाभदायक हुन्छ।
साभार:
(लेखक प्राकृतिक स्रोत ब्याबस्थापन कलेज बर्दिबासमा पहिलो सेमिस्टरमा अध्ययनरत हुनुहुन्छ ।)