परिचय
नेपालमा किवी खेती हुन्छ तर पनि यसका बारेमा धेरै किसानहरू अनभिज्ञ देखिन्छन् । हुनत, कृषिप्रधान देश भए पनि आजसम्म यसको खेती गर्ने सम्बन्धमा सम्बन्धित निकायबाट ध्यान नहुनु नै ठुलो विडम्बना हो । यसलाई अङ्ग्रेजीमा Kiwi भनिन्छ । यसको वानस्पतिक नाम (Actinidia deliciosa )हो । यो Actinidaceae परिवारमा पर्दछ ।
नेपालमा केन्द्रीय बागवानी केन्द्र कीर्तिपुरमा यसको बिरुवा नगण्यरूपमा लगाएको छ । धादिङमा एउटा कृषकले न्युजिल्यान्डबाट बिरुवा झिकाई खेती गरेका छन् । यसको खेतीका लागि बिरुवा उत्पादन गर्न अलि गाह्रो भएर पनि यसको खेती गर्न चासो नभएको हुन सक्छ । यस खेती गर्नका लागि मुख्य समस्या भनेकै भालेमा फल नलाग्ने र पोथी बिरुवामा मात्र फल लाग्ने भएकोले हामिले विरुवा लगाउँदा खेरी भाले र पोथी दुई ओटा विरुवा मिलाएर रोप्नु पर्दछ। परागसेचनका लागि हामिले माचुवा जातको बिरुवा लगाउनु पर्छ ।
यसको जीवनचक्र लप्सीको बिरुवाजस्तै हुन्छ। बियाबाट बिरुवा उत्पादन गर्दा धेरै भाले आउने भएकाले यसलाई कलमी र कटिङ गरी बिरुवा उत्पादन गर्न सकिन्छ ।
यो फल उत्पादन गर्न सकेका खण्डमा विदेशबाट आयात गर्न नपर्ने र विदेशमा यसको बढी मात्रामा निकासी हुने भएकाले आर्थिक लाभ हुन सक्छ । हाल यसको खेती दोलखा र इलाम जिल्लामा पकेट क्षेत्रको रूपमा बिरुवा लगाइएको छ।
किबीको उत्पत्ति
किबी फललाई चाइनिज गुजबेरी (Chinese Gooseberry) का नामले चिनिन्थ्यो । यसको उत्पत्ति पूर्वी चीनको पाडजे भ्यालीमा भएको वैज्ञानिक भनाइ छ । मुख्य खेती चीनबाट सुरु भए पनि हाल यसको उत्पादन गर्ने देश न्युजिल्यान्ड, युरोप, यु. यस.ए., जापान, अस्ट्रेलिया, फ्रान्स, साउथ अफ्रिका, जर्मनी, चिली, इन्डिया, बङ्गलोर हुन् । हाल किबीको अनुसन्धान Drys Parmar University of Horticulture and Forestry Nauni-Solan (HP) भइरहेको छ ।
किवी १०० ग्राम फलमा पाइने खाद्य तत्त्वको विवरण (खानयोग्यफलमा)
किवी फलको प्रयोग
किवी फलबाट जाम, जेली, जुस, क्यान्डी, मोख्या र अचार लगायतका सामग्री बनाउन सकिने भएकाले पनि अहिले कृषकहरूले किवी विरुवा लगाउन थालेका छन्।
हावापानी
माटो
किवीका लागि पिएच ६.५ देखि ७.३ सम्म भएमा राम्रो हुन्छ । यसका लागि मलिलोपन भएको बलौटे माटो उपयुक्त देखिन्छ ।
पानीको निकास
यसको बिरुवा लगाउनु भन्दा पहिले चारैतर्फ पानी जाने कुलेसों बनाउनु पर्छ । पानी जम्न नहुने व्यवस्था गर्न अति जरुरी हुन्छ । पानीको निकास नभई पानी जमेमा जरा कुहिने र पात झरेर बोट मर्न सक्छ ।
किबीको जात
यसका जात धेरै छन् । यहाँ केही बिरुवाको उल्लेख गरिएको छ । जस्तै एवट, हाइवर्ड, माचुवा, हेर्वाड र टोमुरी आदि । यीमध्ये सबभन्दा राम्रो जात हेवाड हो।
मलखाद राख्ने समय
फल फलेको विरुवालाई कम्पोस्ट मल २० केजी, नाइट्रोजन ३०० ग्राम, फस्फोरस १०० ग्राम, पोटास १५० ग्रामका दरले प्रतिबोट राख्न उपयुक्त हुन्छ । यो मल पुस र माघमा राखेको खण्डमा बोटलाई राम्रो हुन्छ । साथै असार र साउनमा बोटको फेदको चक्का पल्टाइदिएमा घाँस कुहिएर प्राङ्गारिक मल उपलब्ध हुन्छ । यसले गर्दा माटो खुकुलो भई बोट स्वस्थ हुन्छ र उत्पादन बढ्न मद्दत गर्छ ।
खाडलको तयारी
बिरुवा रोप्नुभन्दा पहिले बाटाको सुविधा छ छैन भन्ने कुरा विचार पुऱ्याएर मात्र रेखाइन गर्न सुरु गर्नुपर्छ । एक बोटबाट अर्को बोट चार मिटर, एक हारबाट अर्को हार पाँच मिटरको फरक गरी लट्ठीको चिहन विचमा राख्नुपर्छ र खाडल खन्नु पर्छ । प्रत्येक खाडलमा पाकेको गोबर मल ३०-४० किलो राखी मलमाटो पनि आवश्यकता अनुसार हाल्नु पर्दछ ।
बिरुवा रोप्ने
बगैँचामा बिरुवा लगाउने तरिका
विरुवा रोप्दा विभिन्न तरिकाबाट रेखाङ्कन गरी लगाउन सकिन्छ तर समथर जग्गामा, वर्गाकार वा षट्कोणाकार तरिकाबाट लगाउन सकिन्छ । वर्गाकार तरिकाबाट लगाएमा चारैतिर बराबर हुन्छ । प्रतिहेक्टर २६० बोट लगाउन सकिन्छ भने, ३-५ बोटको बिचमा भाले १ बोट लगाउँदा परागसेचन क्रिया हुन्छ र परागकण भाले भागबाट पोथी भागमा स्थानान्तरण हुने कार्य हुन्छ । यसरी रोपेका बगैँचामा हिउँदे तरकारी केराउ र वर्षामा भटमास, सानो सिमी लगाउन सकिन्छ । यसरी घुसुवा बालीबाट फल उत्पादन नभएसम्म ताजा तरकारीबाट पनि आर्थिक लाभ प्राप्त गर्न सकिन्छ।
उत्पादन
प्राविधिकको सल्लाहअनुसार किबी खेती गरेमा प्रति बोटमा ३० देखि ४० किलो उत्पादन हुन्छ।
किबीको बिरुवाको काटछाँट र स्टोर गर्ने तरिका
प्रत्येक वर्ष काटछाँट नगरेमा फल फल्न कम हुने र नयाँ हाँगाहरूमा मात्र फल लाग्ने भएकाले हल्का किसिमले काटछाँट गर्नुपर्छ ।यसको लहरा जाने भएकाले टेकाको व्यवस्था गर्नुपर्छ ।
बिरुवा १ मिटर उचाइको भएपछि मुख्य टुप्पो हटाई २ लहरा एकआपसमा विपरीत दिशामा फैलाउने तरिकाबाट र माथि तारलाई २०-३० से. मी. को छिद्र हुने गरी तारको जालीजस्तो बनाएर जेल्नु पर्छ । त्यसमा चार वटा हाँगा राखेर पनि खेती गर्न सकिन्छ ।
काँटछाँट गर्नुको मुख्य उद्देश्य पुराना, एकआपसमा जोडिएका, रोग र किरा लागेका कमजोर तथा भाँचिएका हाँगा / लहराहरू हटाई फल फल्ने नयाँ लहराहरू पलाउने उपयुक्त वातावरण सिर्जना गरी गुणस्तरयुक्त फल फलाउनु हो ।
मुख्य लहरा (Main leader) बाट पलाएर आएका तारको दायाँबायाँतर्फ लगाइएका दुईवटा बलिया लहराहरू (Crodons) बाट आएका नयाँ शाखा लहराहरूलाई बाक्लो हुने गरी राख्नु हुँदैन । भरसक एउटा लहराबाट अर्को लहराको दूरी २०-३० सेमी रहने गरी बाँकी काटेर हटाउनु पर्दछ । यिनै नयाँ लहराहरूमा अर्को वर्ष फल लाग्छ ।
गतवर्ष फल लागेका पुराना हाँगाहरूमा पुनः अर्को वर्ष फल नलाग्ने हुँदा त्यस्ता हाँगा पनि काटछाँट गरेर हटाउनु पर्दछ ।कॉटछाँट गर्नाले बोट स्वस्थ हुन्छ । साथै हेर्दा राम्रो देखिने बोटबाट हावा, सूर्यको प्रकाश सबै हाँगा र फलमा पर्दछ बोट र फल ठुलो भएमा उत्पादन निकै बढ्न मद्दत गर्छ ।
४-५ वर्षपछि फल फल्न लागेपछि प्रतिहेक्टर २५-३० टन उत्पादन हुन्छ । फल केही नरम भएपछि टिप्ने र १ २ हप्ता स्टोर गर्न सकिन्छ । कोल्ड स्टोर भएमा ४-५ महिनासम्म पनि राख्न उपयुक्त हुन्छ ।
कटिङ राख्ने तरिका (Propagation through Softwood Cutting)
बिउबाट बिरुवा उत्पादन गर्ने तरिका
यसको बिउ निकै सानो हुने र हेदांखेरि कालो तिलको एउटा दानाको आधाजस्तो गेडा हुने भएकाले यसको बिउ राख्दा माटो, बालुवा कम्पोस्ट २-३ महिनादेखि मिलाइराख्न अति नै जरुरी हुन्छ ।
यस्तो माटोलाई मसिनो प्वाल भएको जालीमा चालेर मात्र बिउ लाइन मिलाई राख्नु पर्दछ । १ इन्च गहिरो हुने गरी अर्को लाइन तानी त्यसमा बिउ हल्का किसिमबाट लट्ठीले सम्याउनु पर्दछ । त्यसमाथि कुनै भ्याउ या परालले छोपी हल्का किसिमले पानी हाल्नुपर्छ ।
यो बिउ राख्ने समय December को पहिलो हप्ता उपयुक्त हुन्छ । बिउ राख्दा बिउ छर्न पोटिलो फल मात्र राख्नुपर्दछ । बिउबाट तयार भएको बेर्नालाई माटो कम्पोस्ट, बालुवा ५०, २५ र २५ प्रतिशतका दरले मिलाइराखेको माटो पोलिव्यागमा भर्नुपर्छ । यसरी रोपेको बेर्नामा प्रत्येक दिन पानी हाल्नुपर्दछ। बेर्ना सरिसकेपछि आवश्यकता अनुसार पानी हाल्नुपर्छ । यसरी तयार भएको बिरुवामा अर्को वर्ष पेन्सिल साइजको बिरुवा कलमी गर्नु उपयुक्त हुन्छ ।
रोग र किरा