Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

काउली तथा बन्दामा लाग्ने किरा र तिनको व्यवस्थापन

krishireview
२०७८ साउन ११ , सोमबार १०:०७ मा प्रकाशित | ११९० पटक पढिएको

काउली तथा बन्दा खेतीका प्रमुख कीराहरू खुम्रे, फेडकटुवा,बन्दको पुतली, लाही,पात खाने लार्भा आदि हुन्।

खुम्रे कीरा

खुम्रे कीराले विरुवाको जरा काटेर हानि पुर्याउँछ। यसले काटेको बिरुवाहरू ओइलाएर जान्छ।

खुम्रे किराको नियन्त्रणको लागि:

  • बारीमा राम्ररी कुहिएको गोबर मल प्रयोग गर्ने
  • खनजोत गर्दा देखिएको खुम्रे कीराहरू नष्ट गर्नु पर्दछ

फेदकटुवा

यस कीराले बिरुवाहरूको फेद काटेर हानि पुर्याउँदछ।काटेको विरुवाको भागलाई प्वाल भित्र लैजान्छ।

फेडकटुवा किराको नियन्त्रणको लागि:

  • कीटनाशक विषादी ( thiodhan, रोगर जस्ता)१ मि. लि प्रतिलिटर पानीमा मिसाएर ७ दिनको फरकमा ३ पटक माटोमा साथै विरुवाको भागहरूमा राम्ररी पर्ने गरी छर्नु पर्दछ।

बन्दाको पुतली

बन्दाको पुतलीले पातको तल्लोपतिको भागमा पहेंलो फूल पार्दछ।यसको लार्भा हरियो रंगको हुन्छ र शरीरभरी कालो थोप्ला र मसिनो झुस हुन्छन्।उक्त लार्भले पातको सम्पूर्ण भाग हरु खाएर झिल्लिदार नसाहरू मात्र देखिने गराउँछन्।

बन्दको पुतलीको नियन्त्रणको लागि:

  • पहेला फुल र लार्भहरु जम्मगरी नष्ट गर्ने
  • वि. टी. १ ग्राम प्रतिलिटर पानीमा मिसाएर ७ दिनको फरकमा ३ पटक छर्ने
  • नीममा आधारित बिषादीहरु निमारिन, मार्गेराम आदि ३ मी.लि.प्रतिलिटर पानीमा मिसाएर ७ दिनको फरकमा ३ पटक छर्ने
  • रासायनिक विषादी छर्ने हो भने सैपर मेथ्रिन २ मी. लि प्रतिलिटर पानीमा मिसाई ७ दिनको फरकमा २ पटक छर्ने

इँटबुट्टे पुतली

यो एक मसिनो पुतली हो। यसको अघिल्लो पखेटामा त्रीकोणा ‌दात्मक हुन्छ । यो पुतली ले पखेटा जोडेर बस्दा ढाडमा ३ वटा इँटा आकार बन्छ। यसले पातको हरियो भाग खान्छ र पात झिल्ली जस्तो देखिन्छ।गोलभेडा र काउली बाली एकै पटक लगाउँदा गोलभेडाको गन्धले यसको पुतली ले फुल पार्न रुचाउँदैन।

इँटबुट्टे पुतलीको नियन्त्रणको लागि:

  • वि.टी १ ग्राम प्रतिलिटर पानीमा मिसाएर ३ पटक ७ दिनको फरकमा छर्ने
  • नीम मा आधारित विषादी हरु नीमारिन, मार्गेराम आदिलाई ३ मी.लि प्रतिलिटर पानीमा मिसाएर ७ दिनको फरकमा ३ पटक छर्ने

लाही किरा

लाही कीराले पातको कलीला मुना हरुको रस चुसेर विरुवामा हानि पुर्याउँछ। यसले विभिन्न भाइरस जन्य रोगहरु सार्नमा मद्दत गर्छ।

लाही किरा नियन्त्रणको लागि:

  • नीममा आधारित विषादीहरु निमारीन, मार्गेराम आदिलाई ३ मी.लि प्रतिलिटर पानीमा मिसाएर ७ दिनको फरकमा ३ पटक छर्ने
  • साईपर्मेथिन २ मी.लि प्रतिलिटर पानीमा राखी ७ दिनको फरकमा ३ पटक छर्ने
  • इमीडाक्लोपीड १ मी.लि प्रति ३ लिटर पानीमा राखी ७ दिनको फरकमा ३ पटक छर्ने
प्रतिक्रिया

pest in cauliflower and cabbage

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?