Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

करेसाबारी खेती

admin
२०७७ असार २ , मंगलबार ०४:०६ मा प्रकाशित | ३४१७ पटक पढिएको

“विश्व स्वास्थय सगंठनका अनुसार स्वस्थय रहनको लागि एक जना परिपक्व व्यत्तिले प्रति दिन(आलु बाहेक) ४०० ग्राम तरकारी उपयोग गर्नु पर्दछ। त्यसैगरी नेपाल सरकारको अनुसार प्रति दिन ३७५ ग्राम तरकारी (आलु बाहेक) उपयोग गर्नु पर्दछ।’’ के स्वस्थय हुनलाई हामिले मापदण्ड पु़‌‌र्याका छौ त?
            नेपालको ग्रामीण भेगमा बजारको उपयुत्त पहुच नहुदा र मौसम अनुसार पर्याप्त मात्रामा तरकारी उपलब्ध नहुदाले तोकिए बमोजिमको तरकारी उपयोग गर्न समस्या हुदै आएको छ। तसर्थ, नेपालको ग्रामीण भेगका लागि करेसाबारी एकदमै महत्तवपूर्ण छ, जहाँ घर नजिकै पर्ने सानो जग्गामा नियमित रुपमा तरकारी उत्पादन गर्न सकिन्छ। गुणस्तरीय बीउको प्रयोग तथा उपयुत्त तरकारी खेती प्रविधी अपनाई यसले ग्रामीण घर परिवारलाई आफ्नो स्व:उपभोगको लागि बढी भन्दा बढी तरकारी सुरक्षण गर्न सक्षम बनाउँछ।      करेसाबारीमा एकै पटकमा बढी तरकारी उत्पादनको लक्ष्य मात्र नभई वर्ष भरि नै नियमित तथा दिगो रुपमा पनि तरकारी उत्पादन गर्नु हो।  यसको लागि जाइका परियोजना निर्माण गरिएको करेसाबारीको नमुना बाली पद्धती हेर्न सक्नुहुन्छ।       

    मैले करेसाबारीको नमुना बाली पद्धतीको लागि याम अनुसार  निम्न तरकारीहरु पनि उल्लेखित गरदिएको छु।

गर्मी यामको तरकारी
            काकरो, फर्सी, करेला, घिरौँला, लौका, गोलभेडा र जीरीको साग ।

वर्षायामको तरकारी           भान्टा, खुर्सानी, सिमी, तने बोडी, काङकुङ, स्कुस, चिप्ले भिँडी र रायोको साग।

करेसाबारी खेती   बन्दा, काउली, मुला, राज्मा, बकुल्ला, धनिँया, प्याज, लसुन, बेसार, मेथी र आलु।
            सामान्यत:बहुवर्षिय तरकारीहरु करेसाबारीमा लगाइन्छ। सिमी, बोडी जस्ता कोसेबाली मानव स्वास्थयका लागि प्रोटिनको राम्रो स्रोत मात्र नभई खेती लगाउन पनि सजिलो हुन्छ साथसाथै माटोको उर्वराशत्ति कायमा राख्न पनि सहयोग गर्दछ। तसर्थ, करेसाबारीमा प्राय: कोसेबाली सामवेश गरिरहनु पर्दछ।

                                करेसाबारिमा रासायनिक मल भन्दा राम्ररी पाकेको कम्पोष्ट मलको प्रयोग बढी गर्नपर्छ। तरकारी टिपेपछी बाँकी रहेका बोटबिरुवालाई वा झारपातहरुलाई कम्पोष्ट मल बनाउनको लागि प्रयोग गर्नुपर्छ। तरकारी पखालेपछी, भाडाँ माझेपछी र कपडा धुने वा नुहाउने गरेपछीको पानीलाई करेसाबारीमा सुख्खा भएको समयमा सिँचाईको रुपमा प्रयोग गर्न सकिन्छ। पहाडी क्षेत्रहरुमा करेसाबारीको लागि प्राय सिँचाइको समस्या हुने हुँदा पानीको सरक्षंण गर्न तथा माटोमा नियमित चिस्यान कायम गर्न छाप्रोको प्रयोग गर्नुपर्छ। साथसाथै यसले सिँचाई गर्दा र पानी पर्दा माटो बगाउँदैन र झारपात नियन्त्रण गर्न मदत पु¥ofp5 . सम्भव भएसम्म करेसाबारीमा विषादीको प्रयोग गर्नु हुँदैन। किराहरुको नियन्त्रणको लागि स्थानिय स्रोत तथा साधन र प्रविधिको( तीतेपाती र असुरो, झोलमोल र हमला झोल आदी) प्रयोग गर्न सकिन्छ।  
के तपाईको घर नजिकै खाली अथवा बाझो जमिन छ भने, आझैबाट थालनी गर्नुहोस् , विषादीमुत्तक तरकारीको लागि आत्मानिर्भर बन्नुहोस् । हरियो साग र तरकारी खाएर स्वस्थ र तन्दरुस्त हुनोस्

प्रतिक्रिया


Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?