Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

कम्पोस्ट मल बनाउने तरिका

krishireview
२०७८ असार २४ , बिहीबार १०:०७ मा प्रकाशित | १४६७ पटक पढिएको

गाउँघरमा कम्पोस्ट मल बनाउने सम्बन्धमा त्यत्तिको उत्साह देखिदैन । पहिले (परम्परा) देखि चलिआएको घरसँगै बाहिर आँगनमा राख्ने चलन अहिलेसम्म पनि छदै छ। यस किसिमबाट मल राख्दा मलमा भएका तत्त्वहरू नाश हुन्छन् । जस्तै- पानी पर्दा बगेर जाने, घाम, हावाबाट सबै तत्त्वहरू उडेर जानुको साथै वातावरण समेत बिगार्ने भएकाले निम्न लिखित चित्रमा उल्लेख भएबमोजिम कम्पोस्ट मल बनाएको खण्डमा मलका तत्त्वहरूको नोक्सानी हुँदैन ।


१०० सेमी.

४५ सेमी.

१०० सेमी.

Preparation of Organic Manures

केही महिनामा मल तयार भई बालीनालीमा राख्दा राम्रो हुन्छ । बिरुवाहरूले आवश्यक तत्त्व प्राप्त गर्दछन् । यसो गर्नाले उत्पादनमा समेत वृद्धि हुन पुग्छ । काँचो मलबाट खुम्रे र रातो कमिला उत्पत्ति हुनमा हास भई विषादीको प्रयोग कम हुन्छ । वातावरण राम्रो हुनाका साथै विदेशबाट आयात हुने मल कम भई कम्पोस्ट मलबाट माटाको उर्वराशक्ति निकै बढ्छ । यी सबै कारणबाट कम्पोस्ट मल निकै नै उपयोगी हुन्छ । यसरी तयार गरिएको मल ३-४ महिनामा खेतबारीमा हाल्न उपयुक्त बन्दछ । यसले माटो पनि बुरबुराउदो बनाउदा खनजोत गर्न सजिलो हुनाका साथै बोटबिरुवाले तुरुन्त पौष्टिक तत्त्व पाई हलक्क बढ्छ। उत्पादन बढाउन मलले निकै मद्दत गर्छ । यसरी कम्पोस्ट खाडलमा तयार भएको मलबाट गन्ध नआउने भएकाले वातावरण स्वस्थ राख्न निकै महत छन् । कम्पोस्ट खाडल पानी पर्दा नजम्ने जग्गामा बनाउन अति राम्रो हुने गर्छ। (१) खाल्डाको गहिराइ १०० से मी. हुनुपर्छ । (२) चौडाइ १०० से मी हुनुपर्छ । (३) लम्बाइ मल हेरी खन्नु पर्छ। (४) एक खाल्डाबाट अर्को खाल्डा ४५ से. मी. को फरकमा हुनुपर्छ। (५) मल हालिसकेपछि कुनै वस्तुले छोपिदिनु पर्छ । मल हाली माथिबाट प्लास्टिक या माटाले छोप्ने व्यवस्था गर्नुपर्छ भने ३ महिनामा २ पटक एक खाल्डाबाट अर्को खाल्डामा पल्टाइदिनु अति जरुरी हुन्छ ।

Preparation of Organic Manures

प्रतिक्रिया

compost compostmanure

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?