Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

कन्ये च्याउको खेती

सुस्मिता अधिकारी
२०७७ असार १९ , शुक्रबार ०५:०७ मा प्रकाशित | १८४६ पटक पढिएको


प्राकृतिक श्रोत व्यवस्थापन कलेज ,बर्दिबास

चितवन- यसको परिचय र महत्व
च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो । च्याउ खाने व्यक्ति बढे संगै यसको व्यवसाय पनि निकै
फस्टाउँदै आइरहेको छ । च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्वहरू पाइनेर सजिलैसँग पचाउन सकिने भएकोले बच्चादेखि बूढाबूढीहरूका लागि अति उपयोगी छ । यसमा प्रायः सबै किसिमका एमिनोएसिड लगायत विभिन्न किसिमका प्रोटिनहरुको साथै कार्वाेहाइडेट् पनि प्रशस्त मात्रामा पाइन्छ ।

च्याउको बीउ कसरी छान्ने ?
कन्ये च्याउ र गोबे्र च्याउको बीउ हेर्दा फरक छुट्याउन सकिँदैन । बजारमा च्याउको बीउ किन्दा च्याउको नाम भनेर किन्नु पर्दछ व्यापारिक रुपमा कन्ये च्याउको बीउ गहुँको दानामा ढुसी फैलाइ उत्पादन गरिन्छ ।
नेपालमा विशेष गरी दुई जातका कन्ये च्याउ पाइन्छन्। ती हुन्,प्लुरोट साजोर—काजु र प्लुरोट ओइस्ट्राटस । प्लुरोटस् साजोर—काजु जातको च्याउको खेती सामान्यतया ८००—१४०० मिटरको उचाइमा चैत्रदेखि कार्तिक महिनासम्म २०—३०° सेन्टिग्रेड तापक्रममा गर्न सकिन्छ । ८०० मिटर भन्दा कम उचाइमा हो भने कार्तिक देखि माघ महिनासम्म २०—३०° सेन्टिग्रेड तापक्रममा गर्न सकिन्छ । यो २८० सेन्टिग्रेड तापक्रम पाउँदा पूर्ण अवस्थामा फल्छ । प्लुरोट ओइस्ट्राटस च्याउ हिउँदको मौसममा खेती गर्न राम्रो मानिन्छ । यसका लागि १५—२०° सेन्टिग्रेड तापक्रम राम्रो हुन्छ।

घरेलु बिधिबाट च्याउ खेति कसरी गर्ने ?
कन्ये च्याउलाई धानको परालमा बाहेक केराको पात, मकैको खोया वा खोसेल्टामा पनि खेती गर्न सकिन्छ
विधिहरु:
सर्वप्रथम हामीले सफा पराल छानेर १।५— २।५ इन्चको टुक्रा पारी काट्नी ।अनि २—३ घण्टासम्म पानीमा भिजाएर आएको फोहोर पानी फालेर सफा पानी आउने गरी राम्रो सँग धुनी । पानी तरकाउनका लागी ती भिजाइएको पराल बोरा मा खादेर कतै राख्ने। परालमा रहेका हाम्रा आँखाले देख्न नसकिने कीराहरू मार्नका लागि हामीले त्यस पराललाई आगो मा बाफाउनी —यस प्रक्रिया लाई निर्मलीकरण भनिन्छ । यसको लागी ड्रम भित्र एउटा स्ट्यान्ड राखी त्यस स्टेण्ड माथि जाली राख्ने अनि जाली भन्दा तलसम्म पानी राखेर पानी तर्काएको परालचाहिँ जाली भन्दा माथि राम्रोसँग खादेरे राख्दै जानी । पराल ड्रम को मथिल्लो भागसम्म पुगेपछि प्लाष्टिक ले ड्रम टम्म पारेर बाँध्ने। त्यसपछि चुलोमा राखेको एक देखि डेढ घण्टा मा मुख मा बाँधेको प्लास्टिक बाफले माथि उठेसी बाफ फाल्न सानो प्वाल पार्ने ।बफ्याइएको पराललाई सफा प्लाष्टिक वा त्रिपालमा राखेर मनतातो हुनेगरि सेलाएपछि प्लाष्टिक ब्यागमा राखने। पराल भर्नु भन्दा अगाडी प्लाष्टिक ब्यागको बन्द भागलाई मुजा पारी बलियोसँग बाँधने। थैलोमा पराल राख्दै थिच्दै हरेक ४ इन्चमा च्याउको बीउ छरेर टम्म पारि पराललाई गोलो बनाइ बाहिरबाट घुमाइ घुमाइ थिच्ने । यसरी यो प्रक्रिया सकिएपछि सबैभन्दा माथि पनि केही बीउ छरिदिने र प्लाष्टिकको मुख कसिने गरी बाधी दिने । प्लाष्टिकको डल्लो जति खँदिलो भयो त्यति नै च्याउको उत्पादन राम्रो हुनेछ । डल्ला तयार भएपछि डल्लाको चारै तीर सफा सिन्कोले बिउको रेखाभन्दा तलमाथि प्वाल पार्ने । यसो गर्दा हावाको सञ्चालन प्रक्रियामा सजिलो हुनेछ । यिनीहरूलाई २५ देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम भएको घाम नपर्ने अँध्यारो कोठामा राख्ने र ३—४ दिनको अन्तरमा पटक—पटक निरीक्षण गर्दै बन्द गर्ने । गर्मी महिनामा ढुसीको विकास हुन २१ दिनसम्म राख्नु पर्छ भने जाडो महिनामा २८ दिनसम्म लग्न सक्छ। च्याउ उम्रीसकेपछि बाँकी रहेका डल्लालाई गाई भैँसीलाई खुवाएर वा सोझै कम्पोष्ट खाडलमा गाडेर मल बनाउन सकिन्छ ।

साभार — इन्टरनेट तथा अन्य खोज

प्रतिक्रिया

कन्ये च्याउ खेति

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?