Logo
Sunday, 2nd October 2022 || १६ असोज २०७९, आईतबार

उखु खेती कसरी गर्ने?

सुबोध पौडेल
२०७७ कात्तिक २४ , सोमबार ०३:११ मा प्रकाशित | १५७७ पटक पढिएको

Q 1. उखु खेती कस्तो हावापानीमा गर्न सकिन्छ ?

यो गर्मी हावापानी भएको क्षेत्रमा लगाउने बाली हो । नेपालमा खासगरी तराई क्षेत्रमा यसको खेती हुन्छ र मध्य पहाडको बेशी क्षेत्रमा पनि यो बाली फाटफुट रुपमा लगाईन्छ ।

Q 2. उखु खेतका लागि कस्तो प्रकारको माटो उपयुक्त हुन्छ ?

उखु बलौटे दोमट देखि चिम्ट्याईलो दोमटसम्म सबै प्रकारको माटोमा लगाउन सकिन्छ । बलौटे माटोमा लगाएमा सिंचाईको राम्रो ब्यबस्था हुनु पर्दछ र चिम्ट्याईलो माटो भएमा पानीको निकास राम्रो हुन पर्दछ ।

Q 3. उखु खेतीका लागि वीउको छनौट कसरी गरिन्छ ?

उखुबोटको तलको भाग हटाई माथिल्लो भागबाट तीन वटा आंख्ला भएको ३०–३५ से मी लामो टुक्राहरु बनाई वीउको लागि प्रयोग गर्नु पर्दछ । टुक्रा बनाउदा रोग कीरा लागेको बोटबाट बनाउनु हुदैन र खुटृी बालीबाट पनि वीउ छनौट गर्नु हुंदैन ।

Q 4. एक विगाहा क्षेत्रको लागि कति वीउको टुक्राहरु आवश्यकता पर्दछ ?

एक बिगाहामा माथि भनिए अनुसारका टुक्राहरु २५–२६ हजार चाहिन्छ ।

Q 5. नेपालमा सिफारिस भएका जातहरु के के हुन ?

हालसम्म सिफारिस भएका जातहरु हुन जितपुर–१, जितपुर–२, जितपुर–३ र जितपुर–४ । जितपुर–३ र जितपुर–४ सम्पूर्ण तराई क्षेत्रमा लगाउन सकिन्छ । जितपुर–२ खासगरी असिंचित क्षेत्रका लागि सिफारिस गरिएको हो भने जतपुर २ सिंचित क्षेत्रको लागि सिफारिस गरिएको हो ।

Q 6. जितपुर–३ र जितपुर–४ का विशेषाताहरु के छन् ?

यी दुई जातहरु पहिलाका जितपुर–१ र जितपुर–२ भन्दा नयां हुन । यिनीहरुमा रातो सड्ने रोग (Redrot) र कालो ध्वांसे (Smut) रोग कम लाग्दछ ।

Q 7. उखु रोप्ने तरीका के हो ?

उखु हल्का ड्याङ्ग देखिने ड्याङ्ग र खाल्टो खनेर लगाईन्छ । आजकल खाल्टो खनेर लगाउने प्रचलन नै बढि छ । खाल्टो खनी तीन आंख्ला भएको वीउ टुक्राहरु एक पछि अर्को गरी राखी माटोले पुरी सम्म पार्नु पर्दछ ।

Q 8. उखुमा मलखादको प्रयोग कसरी र कति मात्रामा गरिन्छ ?

नाईटेजन, फस्फोरस र पोटास तत्वयुक्त मलहरुको सन्तुलित मात्रामा प्रयोग गर्नु पर्दछ । यसका लागि उपलब्ध मलहरु क्रमशः यूरिया, डि.ए.पी. र पोटास हुन र यी मलहरु बजारमा उपलध छन् । मल परिमाण समय डि.ए.पी. १३०.० रोप्ने बेला पोटास ६७.० रोप्ने बेला यूरिया २७६.० (सिंचित) रोपेको ९० र १२० दिनमा २११.० (असिंचित) आधा आधा गरी बांड्ने र प्रयोग गर्ने यसमा नाईट्रोजन मलको लागि ५ भागको १ भाग प्रांगारिक मलबाट पनि पूर्ति गर्न सकिन्छ ।

Q 9. उखुमा सिंचाई कहिले र कति दिनु पर्दछ ?

सिचाई दिने परिमाण माटो र वर्षाको अवस्थामा भर पर्दछ । साधारणतया बर्षा शुरु हुनु भन्दा अगाडी ४–५ पटक र वर्षा पछि १–२ पटक दिन सकेमा राम्रो उत्पादन लिन सकिन्छ । शरदकालीन उखुमा सिंचाई बढी चाहिन्छ ।

Q 10. उखु लगाउने समय कहिले हो?

उखु हिउंदे बाली हो र कार्तिक देखि माघ महिनासम्ममा लगाउने गरिन्छ । कार्तिकमा लगाएको उखुलाई शरदकालीन र माघमा लगाएकोलाई वसन्तकालीन उखु भनिन्छ ।

Q 11. उखुमा अन्तरबाली खेती लगाउने चलन छ । कुन बाली उपयुक्त हो?

शरदकालीन सिंचित उखुमा आलु, बन्दा, मुला, हरियो मकै, तोरी, धनिया बालीहरुअन्तरबालीको रुपमा लाभकारी देखिएका छन् । असिंचित अवस्थामा तोरी र धनियां लाभकारी छन् । बसन्तकालीन उखुमा भिण्डी र मुंग लाभकारी पाईएका छन् ।

Q 12. बढी पानी भएमा उखुलाई के असर गर्दछ ?

यसको ब्यबस्थापन कसरी गर्ने?बढि पानी उखुका लागि हानिकारक छ । यसले उत्पादन घटाउनुका साथै उखुमा भएको गुलियोपन (सुक्रोज) लाई घटाउंदछ । पानीको निकासको ब्यबस्था मिलाउनु पर्दछ र धेरै पानी जम्न दिनु हुंदैन ।

Q 13. उखुमा झारपातको नियन्त्रण कसरी गर्नु पर्दछ ?

उखु रोपेको एक डेढ महिना भित्र झारपातको नियन्त्रण हुनु पर्दछ । त्यसपछि ९० दिनमा र १२० दिनमा उप्केरा लगाई झारपात नियन्त्रण गर्नु पर्दछ । झारपात नियन्त्रण गर्न हातले गोडमेल वा साना मेशिनहरु प्रयोग गर्न सकिन्छ । झरपात नियन्त्रण गर्न औषधी प्रयोग गर्नु पर्दा उखु रोपेपछि झारपात उम्रनु अघि एटजीन वा सिमाजिन भन्ने औषधी २ के.जी. प्रति डेड विगाहामा ५००–६०० लिटर पानीमा मिसाई छर्नु पर्दछ । यसपछि चोडापाते झार नियन्त्रणका लागि उखु रोपेको २५–३० दिन पछि २–४ डी नामक औषधी २ के.जी. खास औषधी प्रति हेक्टर (डेढ विगाहा) मा ५००–६०० लिटर पानीमा मिसाई छर्नु पर्दछ ।

Q 14. उखुमा कुनकुन कीराहरु लाग्ने गर्दछन्?

सामान्यतया उखुमा लाग्ने कीराहरु यस प्रकार छन्ः उखुको टुप्पोको गवारो, फड्के, सेतो झिंगा, कत्ले कीरा, कालो पतेरो, प्लासी गवारो, कपासे लाई कीरा, फट्याङ्ग्रा आदि छन् । मुख्य तया गवारो कीराहरुको प्रकोपले बढी नोक्सानी पुर्याएको हुन्छ ।

Q 15. उखुको टुप्पाको गवारो कीराकोक्षति को लक्षण कस्तो हुन्छ र ब्यबस्थापन कसरी गर्ने ?

लार्वाले गुवो भित्र सुरुंग बनाउंदै भित्र पस्दछ र गुबोको पात बाहिर निस्कन्छ र ती पातमा नसाको समानान्तर हुने गरी लस्करै गोला देखिन्छन् । नियन्त्रणका उपायहरु यस प्रकार छन्, खेती प्रणाली ब्यवस्थापनबाटः§ छिटो पाक्ने र बढी गांज आउने जात लगाउने, कीरा देख्नासाथ सिंचाई गर्ने, वसन्तकालीन रोपांई नगरी शरदकालीन रोपांई गर्ने । बसन्तकालीन रोपांई गर्न परे छिटै पाक्ने जात लगाउने ।§ जैविक नियन्त्रणः रोपेको ४० दिन पछि टइकोग्रामा १,००,००० गोटा प्रति हेक्टरका दरले १०–१० दिनको फरकमा ५–६ पटक छाड्नु पर्दछ ।रसायनिक औषधीको प्रयोगः- प्रकोप बढी हुने क्षेत्रमा रोप्ने समयमानै फर्टेरा वा फिप्रोनिल ७.३% दानादार औषधी ०.७५–१.५ के.जी प्रति कटृा का दरले उखु वरिपरि नालामा हाल्ने र सिंचाई गर्ने वा लर्भिन ७५% डब्लु.पी. २ ग्राम प्रति लिटर पानीका दरले ८००–१००० लिटर घोल तयार गरी स्प्रे गर्ने (एक हेक्टरमा) ।

Q 16. फेदको अगौटे गवारोको विनाशको लक्षण कस्तो हुन्छ र नियन्त्रण कसरी गर्ने ?

यो कीराले उखुको कलिलो अवस्थामा खान्छ । क्षेति पुर्याएपछि मृत गुवो देखिन्छ । मृत गुवोको तल मसिना प्वालहरु हुन्छन् जो गवारोले खाएको हो ।औषधी प्रयोग गर्नु पर्दा माथि भने अनुसार नै प्रयोग गर्न सकिन्छ । कीरा रोकथामका लागि छिटो पाक्ने र चांडै बढ्ने जात लगाउनु पर्दछ । सुख्खा भए कीरा देख्नासाथ सिंचाई गर्ने र पानी बढी भए निकासको ब्यवस्था गर्ने । बसन्तकालीन उखुमा रोपेको ४५ र ६० दिनमा २–३ इंन्च माटोको चढाई गर्ने ।

Q 17. उखुको फड्के कीराको प्रकोपको लक्षण कस्तो हुन्छ र नियन्त्रण कसरी गर्ने ?

यसले विरुवाको पात तथा लाक्राबाट रस चुसी खान्छ, जसले गर्दा विरुवाको वृद्धि कम हुन्छ र अन्य रोगले पनि आक्रमण गर्दछ । यसले छाडेको गुलियो पदार्थमा ढुसीको पैmलावट हुन्छ, जसले गर्दा प्रकाश संस्लेषण घटाउंछ र उत्पादनमा कमी पुर्याउंदछ । बढि घनत्व, उच्च नाईटेजन मल र पानी जम्नाले यसको बृद्धि बढि हुन्छ । नियन्त्रणका उपायहरु– खेती ब्यवस्थापन । – नाईटेजनयुक्त मल बढी नदिने । – पानी जम्न नदिने । – बर्षायाममा तलका खुकुला पातहरु हटाई दिने । – खुटृी बाली ब्यवस्था गर्दा प्राकृतिक शत्रु नष्ट नहोस भन्नाका लागी सबै विरुवा भागको Mulch बनाउने ।जैविक नियन्त्रण – इपिरी क्यानीया मेलानोल्युकाको कोकुन वा फुल चार पांच हजार प्रति हेक्टरका दरले छाड्ने । – मेटारिजियम र वीउ भेरियन वासियानाले संयुक्त रुपमा उपचार गरिएका २५० वयस्क फड्के कीरा प्रति हेक्टरका दरले छाड्ने । रसायनिक औषधी प्रयोगः – करन्जिन नामक बनस्पति जन्य विषाधी २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने वा – फिप्रोनिल ०.७५–१.० के.जी. प्रति कठ्ठाका दरले उखुको नालामा छर्ने र माटोले पुरी सिंचाई गर्ने वा – क्लोरपाइरीफस (१०% इ.सी.) १६००–२००० मि.लि. प्रति ८००–१००० लिटर पानीमा मिसाई छर्ने (प्रति हेक्टर) ।

Q 18. उखुको फटयाङ्ग्रे कीराको विनाशको लक्षण कस्तो हुन्छ र नियन्त्रण कसरी गरिन्छ ?

यो कीराले पातको छेउबाट खान्छ र धेरै आक्रमण भएका बेला मूल नसा बाहेक सबै खाएको हुन्छ । प्रति वर्गमिटर १३ गोटा भन्दा बढी भएमा अनिवार्य रुपमा नियन्त्रण गर्नु पर्दछ । ब्यबस्थापनका उपायहरुः खेती ब्यबस्थापनः – चैत्र–बैशाखतिर पहिलो झर पानी पर्नुभन्दा अगाडी खेतवारीको आली १०–१५ से.मी. तासेर पुन त्यतिकै हिलो माटो थपि दिनाले फटयाङ्ग्राको फुल धेरै मात्रामा नष्ट हुन्छन् । – उखु लगाउनु भन्दा पहिले चैत्र–बैशाख तिर राम्ररी जोति दिनाले फटयाङ्ग्राको फुल नष्ट हुन्छ । – बांझो जमिनमा धेरै फुल पार्ने भएकाले सकेसम्म यस्तो जमिन कम छाड्ने । – खुटृी बालीलाई राम्रोसंग खनजोत र माटो चढाउने गर्ने । रसायनिक औषधी प्रयोगः- कीरा संख्या धेरै भई औषधी प्रयोग गर्नु पर्दा अल्फामेथ्रिन (१०% इ.सी.), क्लोरपाइरीफस (२०% इ.सी) १६००–२००० मि.लि. ८००–१००० लिटर पानीमा मिसाई एक हेक्टरमा छर्ने ।

Q 19. प्लासी गवारोको विनाशको लक्षण कस्तो हुन्छ र नियन्त्रण कसरी गरिन्छ ?

पोथी पुतलीले समुह समुहमा पारेको फुलबाट निस्केका लार्भाले टुप्पोबाट ३–५ अन्तर गांठमा प्रवेश गरी प्वाल पार्दछन् र लाक्राभित्र तिब्ररुपले सुरुंग बनाई क्षेति पुर्याउदछ । ब्यबस्थापनका उपायहरुः · उखु काटि सकेपछि ठुटाहरु जलाई दिने जसले गर्दा गवारोको अचल अवस्था नष्ट हुन्छ । उखु रोपेको ३०–४० दिनपछि टइकोग्रामा एक लाख प्रति हेक्टरका दरले दश दिनको फरकमा ५–६ पटक छाड्ने । कीराको प्रकोप बढि भएमा बत्तिको पासो राखी कीराको अवलोकन गर्ने र बढि संख्यामा पुतली आएको बेला लार्भिन ७६% डब्लु.पी. (Thiodicarp 75% WP)स्प्रे गर्ने । · प्रकोप बढि हुने क्षेत्रमा रोपांईकै समयमा फर्टेरा (०.४% दाना) वा फिप्रेनिल (०.३% दाना) ०.७५–१.० के.जी. प्रति कटृाका दरले उखुको नालामा हाली माटोले पुर्ने र सिंचाई गर्ने ।

Q 20. उखुको रातो सडन रोग (Red rot disease)को लक्षण कस्तो हुन्छ र कसरीब्यवस्थापन गर्ने ?

यो ढुसी जन्य रोग हो । रोगको प्रथम लक्षण साउन महिनातिर शुरु हुन्छ र काट्ने बेलासम्म देखिन्छ । रोगी विरुवाको डांठहरुको आंख्ला सानो र लम्बाई पटृी चाउरी परेको हुन्छ । पातको मूल नसामा रातो दाग देखिन्छ र यो पातको दुबै सतहबाट प्रष्टसंग देखिन्छ । लाक्रामा धब्बा, सुक्ने खुम्चिने र खुकुलो हुने लक्षणहरु देखिन्छन् । उखु चिरेर हेर्दा कुहिएको रातो तन्तुहरुको बीच सेतोधर्सा।दाग प्रस्ट देखिन्छ र रोगी बोटबाट अमिलो गन्ध आउंदछ । ब्यवस्थापनका उपायहरुः · रोगी विरुवा हटाउने र नष्ट गर्ने । उखुको वीउ टुक्राइ सकेपछि ५० डिग्री सेन्टिग्रेड को तातो पानीमा २ घण्टा वा ५४ डिग्री सेन्टिग्रेड आद्रवायुले ४ घण्टासम्म उपचार गरी वेभिस्टीनको झोल (एक ग्राम प्रति लिटर पानीमा) वा डाइथीनियम ४५ (२.५ ग्राम प्रति लिटर) पानीको झोलमा डुबाई उपचार गरी रोप्नु पर्दछ ।

Q 21. कालोपोके रोग को लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गर्न सकिन्छ?

यो ढुसीबाट हुने रोग हो र प्राथमिक संक्रमण वीउबाट हुन्छ र खडा बालीमा हावाबाट पुन:फैलन्छ । यो खुट्टी बालीमा बढि लाग्दछ । रोगी विरुवाको वीचको भाग कालो भएर धेरै फिट लामो भईचाबुक जस्तो देखिन्छ । ब्यवस्थापनका उपायहरुः ५० डिग्री सेन्टिग्रेडको आद्र वायुले चार घण्टासम्म उपचार गरी वेभिस्टीनको झोल (१ ग्राम प्रति लिटर पानीमा) मा वीउ उपचार गरी रोप्नु पर्दछ ।

Q 22. उखुको ओइलाउने (Wilt)रोगको लक्षण कस्तो हुन्छ र ब्यवस्थापन कसरी गरिन्छ ?

यो रोग पनि ढुसीकै कारणबाट हुन्छ । असोज महिना देखि देखिन थाल्दछ । रोगी बोटको माथिल्लो पात पहेंलो भई ओईलाएर सुक्न थाल्दछ । चिरेर हेर्दा रातो खैरो रंग देखिन्छ । ब्यबस्थापनका उपायहरुः उखुको वीउ टुक्राइ सकेपछि ५४डिग्री सेन्टिग्रेड को आद्र वायुले ४ घण्टा सेकी वेभिस्टीनके झोल (१ ग्राम प्रति लिटर पानी) वा डाईथेनियम ४५ (२.५ ग्राम प्रति लिटर पानी) को झोलमा डुवाई उपचार गरी रोप्नु पर्दछ ।

Q 23. उखुको घांसे रोगको लक्षण कस्तो हुन्छ र कसरी ब्यवस्थापन गर्न सकिन्छ ?

उखुको यो रोग माईक्रोप्लाज्मबाट हुन्छ । रोग लागेको बोटहरु सानो, सुइरो र पहेंलो पात भएको हुन्छ । यी बोटहरु एकै ठाउंमा धेरै उम्रेर घांसको झुप्पा जस्तो देखिन्छ र लाक्रा पेल्न लायक हुदैन । ब्यवस्थापनः रोग प्रतिरोधी जात लगाउन प्रयास गर्ने । रोगी विरुवा हटाउने । स्वस्थ वीउको छनौट गरी लगाउने । यसका लागि वीउ उपचार गरेर मात्र प्रयोग गर्ने । उपचारको लागि माथि उल्लेख गरे अनुसार अनुसरण गर्ने ।

Q 24. उखुलाई ढल्नबाट बचाउन के गर्नु पर्दछ ?

मलखाद प्रयोगमा युरिया मात्र प्रयोग नगरी सबै मलखादको संतुलित मात्रा प्रयोग गर्नु पर्दछ । यस बाहेक दोश्रो पटकको मलखाद प्रयोगमा उप्केरा लगाउन विर्सनु हुंदैन । श्रावण महिना तिर करीब ६–७ फिट हुंदा बोटहरुलाई बाध्नु पर्दछ ।

Q 25. उखु काट्ने उचित समय कुन हो ?

कसरी थाहा पाउने? जब उखुको तलको पातहरु सुक्न थाल्दछ र टुप्पो तर्फको भाग मात्र हरियो रहन्छ, काट्ने बेला भएको बुझिन्छ । साधारण तया एक वर्ष पछि कार्तिक मंसिर देखि उखु काट्ने शुरु हुन्छ तर उखु माघ फाल्गुनसम्म रहेमा चिनीको मात्रा बढ्दछ । उखुको बीचको भागको रसको चिनीको मात्रा १७–१८% भएमा काट्ने वेला भएको संकेत गर्दछ । यस्तो नाप रिफेक्टोमिटर भन्ने यन्त्रद्धारा ततकालै मापन गर्न सकिन्छ ।

Q 26. उखु काट्ने तथा समेट्ने तरीका के हो ?

जब उखुको तलको पातहरु सुक्न थाल्दछ र टुप्पो तर्फको भाग मात्र हरियो रहन्छ, काट्ने बेला भएको बुझिन्छ । साधारण तया एक वर्ष पछि कार्तिक मंसिर देखि उखु काट्ने शुरु हुन्छ तर उखु माघ फाल्गुनसम्म रहेमा चिनीको मात्रा बढ्दछ । उखुको बीचको भागको रसको चिनीको मात्रा १७–१८% भएमा काट्ने वेला भएको संकेत गर्दछ । यस्तो नाप रिफेक्टोमिटर भन्ने यन्त्रद्धारा ततकालै मापन गर्न सकिन्छ ।

Q 27. उखुको खुटृी बाली के हो र यो बाली कसरी फायदा जनक छ ?

उखु काटी सकेपछि तल डांठबाट फेरि पलाउंदछ र अर्को बालीको रुपमा पुनः खेती गरिन्छ र लाभदायक रुपमा उखु उत्पादन लिन सकिन्छ । यस्तो खेतीलाई खुटृी बाली भनिन्छ । यसका लागि उखु भने तल फेदबाट नै कोटेको हुनु पर्दछ अन्यथा माथिको भागबाट उम्रेको बोटबाट राम्रो उत्पादन हासिल गर्न सकिदैन । यस बाहेक उखु काट्न माघसम्म रहेमा वेश हुन्छ । यसरी जमिन तयारी गर्न नपर्ने, वीउको खर्च नलाग्ने भएकाले किफायत रुपमा बाली भित्र्याउन सकिने भएकाले खुटृी बाली फायदा जनक छ । तर दोस्रो पछि तेस्रो बालीका लागि भने खुटिृ बाली लाभकारी हुंदैन ।

Q 28. खुटृी बाली खेती पहिलो बाली जसरी नै गरिन्छ वा के कति फरक छ ?

उखु काटेपछि तुरुन्त सिंचाई गरी मलखाद दिनु पर्दछ । नाईटेजन युक्त मल (यूरिया) पहिलो बाली भन्दा करीब २०% बढि दिनु पर्दछ । आधीमल पहिलो सिंचाई गरेपछि बां आधी दोस्रो वा तेस्रो सिंचाई गरेपछि राम्ररी बांडेर दिनु पर्दछ । यसरी पहिलो बाली सरहनै खुटृी बालीको पनि खेती गर्नु पर्दछ र लाभदाक उत्पादन लिन सकिन्छ । रोगी बोटको भने खुटृी बाली गर्नु हुंन र खाली ठाउंहरुमा आंख्ला सहितको वीउ डांठ रोपी दिनु पर्दछ ।

Q 29. उखु खेतीमा मौसम परिवर्तनका असरहरुलाई सामना गर्न के प्रयासहरु भएका छन् ?

उखु बालीमा मिश्रित वा घुसुवा बालीलगाइन्छ । यसमा पनि कोसेबाली समेत लगाइन्छ । यसरी मिश्रित बालीले चिस्यान संचितकरण, तापक्रममा संतुलन हुनमा सहयोग ईरहेको हुन्छ । यस बाहेक पानी जम्ने अवस्था र सुख्खा सहन सक्ने जातहरु विकास गर्ने कार्यहरु भईरहेको छ ।

( लेखक गौरादह कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन।)

प्रतिक्रिया

उखुखेती

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?