Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

उखु किसानले अनुदान वापतको ९६ करोड रकम समयमै पाउने, दशैमा उत्साह थपिने

krishireview
२०७७ असोज ७ , बुधबार १०:०९ मा प्रकाशित | ८२१ पटक पढिएको

काठमाडौं – उखु किसानले अनुदानको रकम यसवर्ष केहि छितो प्राप्त गर्ने भएका छन् । कृषि मन्त्रालयले अनुदान बापत उपलब्ध गराउने रकम अर्थ मन्त्रालयले तराईका ८ जिल्लाका कोष तथा लेखा परिक्षण कार्यालय (कोलेनिका)मा पठाएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा.हरि केसीकाअनुसार हरेक जिल्लामा सहायक प्रजिअको अध्यक्षतामा जिल्ला भुक्तानी समिति हुन्छ । त्यस समितिमा कृषि ज्ञान केन्द्र र कोलनिकाबाट पनि प्रतिनिधित्व हुन्छ । सोही समितिले अव किसानको खाता वा सिधै पैसा दिनसक्नेछ । 

अर्थ मन्त्रालयले यसवर्ष ९५ करोड २० लाख ५० हजार रुपैँया जिल्लाहरुमा पठाएको कृषि विभागका बरिष्ठ कृषि अधिकृत हिकमत श्रेष्ठले जानकारी दिए । प्रत्येक वर्ष चिनी उद्योगले उखु किसानको भूक्तानी रोक्दै आएको थियो । तर यसवर्षदेखि किसानको लगत संकलन गर्न थालिएको छ । तर यस लगत संकलन पनि फेरि तिनै चिनी मिलहरुलाई नै जिम्मा दिइएको छ । 

सर्लाहीका दुई उखु मिल मार्फत २१ करोड ३८ लाख, सुनसरीको एउटा मिलमार्फत ७ करोड ७२ लाख, कन्चनपुरको दुई मिलमार्फत २४ करोड ५४ लाख, सिरहाको एउटा मिलमार्फत ५ करोड ९१ हजार पठाइएको अर्थ मन्त्रालयको तथ्याङ् छ । त्यस्तै महोत्तरीको एउटा मिलमार्फत १५ करोड ७१ लाख, रौतहटको दुई वटा चिनी मिलमार्फत ४ करोड ३५ लाख, नवलपरासीको एउटा मिलमार्फत ४ करोड ९४ लाख र बाराको एउटा मिलमार्फत १० करोड ६१ लाख अर्थ मन्त्रालयले पठाएको छ । 

सरकारले प्रति क्वीन्टल ६५ रुपैँया २८ पैसा अनुदान दिने गरेको छ । पोहोर साल ढिला भूक्तानी हुदा किसानले धेरै सास्ती भोग्नु परेको थियो । अहिले तराईका ८ जिल्लामा चिनी मिल सञ्चालनमा छन् । अव डेढ करोड तिर्न बाँकी रहेको कृषि विभागले जनाएको छ । 

तराईका कन्चनपुर, सर्लाही, नवलपरासी, बारा, रौतहट, महोत्तरी, सुनसरी र सिरहामा उखु खेती हुदै आएको छ । अहिले ६० देखि ७० हजार उखु किसान भएको अनुमान मन्त्रालयको छ । पहिले चिनी मिल मार्फत किसानलाई अनुदान वितरण गरिन्थ्यो । उखु किसानको उखु खरिदबापतको रकम त चिनी मिलले समयमा दिदैनथियो थियो, सरकारले अनुदान बापत दिएको रकम समेत दिदैनथिए । 

मन्त्रालयकाअनुसार विचौलियाले फाइदा नखाउन वा नउठाउन भनेर सिधै किसानको खातामा पैसा पठाउने व्यवस्था गर्न लागिएको हो । किसानले खेती गरेको हो वा होइन भन्ने खुल्ने डकुमेन्ट संकलन गर्न थालिएको छ । लालपुर्जा, करार वा स्थानियतहको सिफारिसपछि किसानले रकम सिधै खातामा पाउनेछन् । 

सर्लाहीका दुई उखु मिल मार्फत २१ करोड ३८ लाख, सुनसरीको एउटा मिलमार्फत ७ करोड ७२ लाख, कन्चनपुरको दुई मिलमार्फत २४ करोड ५४ लाख, सिरहाको एउटा मिलमार्फत ५ करोड ९१ हजार पठाइएको अर्थ मन्त्रालयको तथ्याङ् छ । त्यस्तै महोत्तरीको एउटा मिलमार्फत १५ करोड ७१ लाख, रौतहटको दुई वटा चिनी मिलमार्फत ४ करोड ३५ लाख, नवलपरासीको एउटा मिलमार्फत ४ करोड ९४ लाख र बाराको एउटा मिलमार्फत १० करोड ६१ लाख अर्थ मन्त्रालयले पठाएको छ । 

अघिल्लो वर्ष उखु उत्पादन कति भयो ?
आर्थिक वर्ष २०६६÷७७ मा जम्मा एक अर्ब ४८ करोड, ५५ लाख क्वीन्टल क्रसिङ भएको थियो । ६५ रुपैँया २८ पैसा प्रति क्वीन्टलका दरले अनुदान दिदा ९६ करोड ९७ लाखमध्ये ९५ करोड २० लाख पहिलो चरणमा पठाईएको हो । क्रसिङ गरिएको परिमाणलाई ६३ रुपैँयाले गुणागर्दा ९५ करोड हुन आउछ । 

(यो खबर हलोखबर-कृषि खबरबाट लिइएको हो ।)

प्रतिक्रिया

उखु किशानले पैशा पाउने

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?