बिराटचौक/आज नवौं राष्ट्रिय कृषक दिवस देशभरी मनाईदैछ । नेपाल एउटा कृषि प्रधान देश हो र हरेक वर्ष जेष्ठ २७ को दिन देशभरका कृषकहरुको सम्मानको लागि राष्ट्रिय कृषक दिवस मनाइने गरिन्छ ।
आजको दिन देशभित्र, कृषक सेवा समितिले कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ । वि.सं २०७० साल देखि प्रत्येक वर्ष कृषक सेवा समितिले मनाउँदै आएको यो उत्सवको अवसरमा आज विभिन्न स्थानका उत्कृष्ट कृषकलाई सम्मान पनि गरिने गरिएको छ ।
कृषकलाई पनि अन्य पेशाकर्मी तथा व्यवसायी सरह कै सम्मान दिनु पर्छ भन्ने आशयका साथ राष्ट्रिय कृषक दिवस मनाइने गरेको राष्ट्रिय कृषक महासंघका अध्यक्ष तथा कृषक दिवसका संस्थापक देव धवल बताउँछन् ।
नेपालको कुल जनसंख्या मध्ये अहिले ६५ प्रतिशत व्यक्ति कृषि पेशामा आवद्ध छन् । यो वर्ष नवौं राष्ट्रिय कृषक दिवसको मुख्य नारा “‘विश्व महामारीसँग जुधिरहेको बेला कृषक समुदायले गरेको उत्पादनमुलक कामको सम्मान गर्दै, कृषक समुदायको विकासमार्फत देश समृद्ध बन्ने अहिले आवश्यकता’, यस पटकको कृषक दिवसको नारा रहेको छ ।