Logo
Tuesday, 4th October 2022 || १८ असोज २०७९, मंगलबार

अमलाको खेती र यसको पोषण तत्व

krishireview
२०७७ असार २९ , सोमबार ०२:०७ मा प्रकाशित | १३९९ पटक पढिएको

शशी कुमार केशरी

प्राकृतिक स्रोत ब्याबस्थापन कलेज,बर्दिबास

बारा- नेपालमा पाइरहेका सुपर फुडहरु जस्तै लवन, ईलाईची, कोकामध्ये अमला पनि ती जस्तै उपयोगी फल हो। यसले मानिसको शरीरभित्र रहेका रोगहरूलाई नियन्त्रण गर्न सक्छ। अमलालाई अङ्ग्रेजीमा एम्बेलिका म्योबलन (Embelica myobalan) भनिन्छ। यसको वैज्ञानिक नाम एम्बेलिका औफिनालिस (Embelica offinalis वा Phyllanthus Embelica) हो। अमला नेपाल, भारत, श्रीलङ्का देखि दक्षिण चीन सम्म भेट्ने फल हो। अमला उप-उष्णकटिबंधीय सुर्यको किरणमा हुने पर्णपाती जङ्गली फल हो। यसका बोटहरु नेपालका भित्री तराई र मध्य पहाडमा पाइन्छन। समुन्द्रको सतह भन्दा २००० फिट उचाइमा यसको बोटहरु पाइन्छन। सुरुमा किसानहरू जङ्गलबाट जङ्गली अमला ल्याउने गर्थे। तर हालमा नेपालको कुनै कुनै ठाउँमा यसको खेती पनि सुरु भएको छ। नेपालमा यसको सेवन ताजा फलको रुपमा, धुलो बनाएर, अचार बनाएर, तितउरो बनाएर पनि गरेको पाइन्छ।

अमलाको खेतीको लागि उपयुक्त प्रजातिहरु बर्नासि, एन ए-७, कृष्णा, कन्चन, आदि हो। यसको खेति चाहि उपोष्णकटिबंधीय र सुखा मौसममा हुन्छ। यो फलमा चाहि नुनको मात्रा र क्षारीयता धेरै भएको हुन्छ। अंकुर, कामु र नवोदित आदिकाे प्रयोग रोपनीका लागि गर्न पाईन्छ। असोज र सावनमा यसको खेती उब्जनी धेरै नै हुन्छ। बिरुवाहरूका दुरि ६ मिटर हुनुपर्ने र साथै १मि लबाइ र १ मि चौडाई भएको खाल्डो खनी रोपनि पर्छ। बिरुवाहरू रोपेपछि सुरुमा सिचाई दिने , अनि बर्षा र चिसो मौसममा पानी हाल्न अावश्यक हुदैन। एउटा बिरुवाको लागि १०किलो जैविक मल , २०० र्गाम नाइट्रोजन, ५०० र्गाम फस्फोरस र २०० र्गाम पोटासियम हाल्नुपर्छ। किटनासक डाइमिथायोनेट ०.०३% र माएनकोजेब ०.०२% फङगलबाट बचाउँछ। यस्तो बेवास्थापन बर्षमा १०० किलो अमला एउटा बिरुवाबाट लिन सकिन्छ ।

अमला सेवनबाट मानिसका शरिरमा भएका रोगहरूलाई नियन्त्रण गर्ने हुनाले आयुर्वेद विज्ञानमा यसबाट विभिन्न प्रकारका आयुर्वेद औषधी जस्तै चमनपरास आदि बनाउन प्रयोग गरिन्छ। अमलामा विभिन्न किसिमका भिटामिन र खनिज पदार्थ पाइन्छ।


   १०० ग्राम अमलाको सेवनले, हाम्रो शरिरमा ५२ किलो काक्रो शक्ति, ३ र्गाम फाईबर, ८२% पानी, १४ र्गाम कार्बोहाइड्रेट, ५० मिलीग्राम कालसियम,२० मिलीग्राम फस्फोरस, २ मिलीग्राम फलाम, ०.०३ मिलीग्राम भिटामिन बि-१, ०.०१ मिलीग्राम भिटामिन बि-२, ०.०१ मिलीग्राम भिटामिन बि-३, ६०० मिलीग्राम भिटामिन सी पाइन्छ।

मानवको शरीर भित्र हुने धेरै रोगको उपचार गर्न सकिन्छ। जस्तै  मूत्रवरधक, रुचक, पेट दुखाइ, रक्तस्रा, झाडापखाला, रक्त अल्पता, पीलिया, डिस्पेप्सिया जस्ता रोगहरूबाट छुटकारा दिलाउन मद्दत गर्दछ।

अमलामा भिटामिन सी को मात्रा धेरै नै हुन्छ। दुईवटा सुन्तलामा पाइने बरावरको भिटामिन सी एउटा सानो अमलामा पाइन्छ। ORAC( oxygen radical absorbance capacity) टेस्टबाट कुनै फलमा जम्मा पाइने एन्टि अक्सिडेन्ट छायमत  पत्ता लगाउँछ। यो टेस्ट पछि अमलामा ४६६९ M mol/TE/ 100 ग्राम हुन्छ। अमलामा पाइने हाइपोलिपिड एउटा रसायन हो जसले रक्त चापलाई नियन्त्रण गर्दछ साथै atherosclerosis र coronary artery रोगबाट बचाउँछ। यसमा anti- inflammatory गुण जस्तै भिटामिन सी, एमिनो एसिड, कोर्मियम, फलामले हाम्रो मुटुको मन्सपेसियालाई पोषण गर्दछ जसको कारण रगतको संचार पुर्ण रुपमा हुन्छ। ३ ग्राम अमलाको धुलोको सेवनबाट रगतमा चिनीको मात्रालाई कम गर्दछ, साथै शरिरको बोसो घटाउन मद्दत गर्दछ। यसमा पाइने anti-oxidant ले DNA cell damage  बाट बचाउँछ, अनि कैन्सर कोषको संख्यालाई घटाउन मद्दत गर्दछ।
त्यसैले अमला एकदमै उपयोगी फल हो र हामीले यसको खेती गर्नुपर्छ।

साभार;विभिन्न खोज र अन्लाईन खबरबाट!

प्रतिक्रिया


Warning: Invalid argument supplied for foreach() in /data1/www-sites/krishireview.com/wp-content/themes/exotic/content.php on line 10

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?