Logo
Tuesday, 31st January 2023 || १७ माघ २०७९, मंगलबार

अन्तर्राष्ट्रिय वार्षिक व्यापार उधंमशीलता चुनौती हल्ट प्राइज हिकाष्टमा आयोजना हुदै

krishireview
२०७७ असोज १९ , सोमबार ०१:१० मा प्रकाशित | १५५६ पटक पढिएको

काठमाडौ – अन्तर्राष्ट्रिय वार्षिक व्यापार उधंमशीलता चुनौती हल्ट प्राइज २०२०/२१ यस वर्ष पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत हिकाष्ट कलेजमा आयोजना हुन गइरहेको छ।हल्ट प्राइज प्रतियोगिता देश तथा विदेशका विभिन्न कलेज हरुमा सञ्चालन हुन गइरहेको छ। विद्यार्थीको नोवल पुरस्कार भनेर चिनिने यो प्रतियोगितामा विभिन्न किर्याकलाप आधारमा घोषित हुने विजेताहरुका लागि १  मिलियन अमेरिकी डलर पुरस्कार को व्यवस्था रहेको छ।यो अन क्याम्पस कार्यक्रम पहिलो पटक हिकाष्टमा सञ्चालन हुन गइरहेको हो। यस कार्यक्रम सञ्चालन ला लागि कामना काफ्ले (क्याम्पस निर्देशक)को नेतृत्वमा १९ सदस्य कमिटी गठन गरिएको छ।

हल्ट प्राइज़ एक अंतरराष्ट्रीय खुल्ला पलाटफर्मको साथै ऊर्जावान विद्यार्थीको लागि एक सुनौलो अवसर हो । जो एक उद्यमी, व्यापारी को साथै समाजमा सकारात्मक परिवर्तन ल्याउने कोसिस गर्छन । 

खुल्ला प्लेटफर्म भएकोले हल्ट प्राईज विद्यार्थीहरू को लागि संसारकै ठुलो प्रतियोगिता बनेको छ । जसले  विद्यार्थीहरूलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन अवसर प्रधान गर्छ र युवापुस्तालाई एक सङ्गालमा समेटेको बिश्व परिवर्तन गर्न उत्प्रेरणा गर्छ । हरेक बर्ष हल्ट प्राइज फाउन्डेसनले दिगो विकास लक्ष्यमा रहेको सामाजिक उद्यमशीलता साथै विद्यार्थीहरूको उस्सुक्तालाईप्रोत्साहन गर्न चुनौती घोषणा गर्दछ ।यो बर्षको चुनौती “Food For Good”घोषणा भैइसकेको छ।जसमा अनेक चरणहरु अन्तर्गत प्रतियोगीहरुले सोही विषयमा आधारित भएर आफ्नो उधमसिलता  बिचार प्रस्तुत गर्नुपर्ने हुन्छ ।हल्त प्राइज अन्तर्गत ४ चरण हुन्छन् ।पहिलो चरण “अन क्याम्पस प्रोग्राम हो।प्रत्येक क्याम्पस अथवा बिश्वबिद्धालयहरुमा हुने प्रतियोगितालाई “अन क्याम्पस प्रोग्रामको नाम दिएको हो। यस प्रतियोगितामा सहभागी हुने प्रतिस्पधिहरुका लागि विभिन्न तेत्निङ ,वकंसप , सेमीनार आयोजना गरिने छ।अन क्याम्पस प्रोग्रामको बिजेताले रिजनल प्रतिशप्रधाको लागि अगाडि बढनु पर्ने हुन्छ ।यो रिजनल प्रतिस्पर्धा हल्त प्राइज अन क्याम्पसको दोस्रो चरणमा पर्नेछ ।दोस्रो चरणको बिजेतालाई “हल्त प्राइज दि रिजनल “मा पदोन्नति गरिन्छ ।रिजनलका बिजेता “यकसिलतेर” नामको तेस्रो चरणको कार्यक्रममा प्रतिस्पर्धा गर्न मौका पाउछन्  ।यो कार्यक्रम ६ देखि ८ हप्ता सम्म लागु  हुन्छ ।हल्त प्राइजको चैथो चरण अर्थात अन्तिम चरणमा (acceleration) का बिजेताले ग्लोबल फाइनेस (finance)मा प्रतिस्पधि गर्न UN headquarters मा गएर आफ्नो बिचार प्रस्तुत गर्न मौकाको साथै प्रतिस्पर्धा आफ्नो हात पार्न सफल भएमा आफ्नो उध्यम संचालन गर्न १ मिलियन अमेरिकी डलरबाट पुरस्कर हुनेछन् ।

बिश्वभरीबाट सहभागी हुने यस हल्ट प्राइज प्रतियोगितामा बिश्व का १२१ देशका २५०० भन्दा बिश्वबिद्धालय हरु बाट ३,००,००० भन्दा धेरै विद्यार्थीले सहभागिता जनाउने गरेका छन।येस बर्षको चुनौतीको शिर्षक “food for good” रहेकोले हल्ट प्राइज अन क्याम्पस टिमले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभीड-१९ माहामारिको समयमा पनि अन्लाईन को माध्यमबाट हिकाष्ट लगायत विभिन्न क्याम्पस तथा बिश्वबिद्धालय मा जानकारी मुलुक कार्यक्रम हरुको भर्चुअल भेटघाट भइ यस कार्यक्रममा हुन गइरहेको प्रक्रिया र ढंग बारेमा छलफल र बहस भैरहेको छ।

यसपटकको हल्ट प्राइज विश्वोव्यापी  महामारी  कोभिड -१९ का कारणले भर्चुअल हुन सक्ने र जस्तो सुकै परिस्थिती आए  पनि ” अन क्याम्पस प्रोग्राम ” सफल  पारेर छाड्ने आयोजकको तर्फबाट कयाम्पस डाइरेक्टर कामना  काफ्लेले जान्कारी दिइन् । संचालन समिति अनि क्याम्पस प्रतिनिधिको फर्म खुलिसके पछी संबंधित इच्छूक विद्यार्थीले तोकिएको डेडलाईन सम्म विद्यार्थीले फर्म भरी सक्नु पर्नेछ।

प्रतिक्रिया

हल्ट प्राइज हल्ट प्राइज एट हिकाष्ट

ट्रेन्डिङ ( साप्ताहिक )

लोकप्रिय छुटाउनुभयो कि ?